Breaking News

परीक्षण भएका ७६ प्रतिशत मानिसहरुमा काेराेना सङक्रमण

By मनासलु

August 05, 2021

पाेखरा । कास्कि जिल्लाका चार स्थानमा पछिल्लाे २४ घण्टामा गरिएकाे पिसिआर र एन्टिजेन टेस्टमा १९१ जना सङक्रमित भएका छन् । कुल परिक्षण भएका २५३ जनामा ७६ प्रतिशतमा सङक्रमण देखिएकाे स्वास्थ्य तथा जनसँख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।