Breaking News

कुल प्रसाद केसि बने लुम्विनिका मुख्य मन्त्री

By मनासलु

August 12, 2021

साउन  २८,  काठमाण्डौं  । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका केसीलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चारदलीय गठबन्धनले ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।नले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चारदलीय गठबन्धनले ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।