कविता : आँसु भित्रको पुनरावृत्त

मङ्लबार, भदौ ८, २०७८

बग्नु भनेको
पुनरावृत्त हुनु रहेनछ
तिमी हिड्ने बाटोहरुमा
यी नयन ओछ्याएर
तिमिलाइ खोजिरहे
तिम्रो नयन सँगै
बग्न नसकेका
ति बिश्वासका ताल्चाहरु
आज यि नयनबाट बगेर
बिलिन भए
फरक यत्ति हो तिमी
बगेर सागर सम्म पुगेउ
म त्यही बगरमा अल्झिरहे
मन भित्रका इच्छा चाहना
र रहरलाइ कैद गरेर
गह्रौ ओझिला यादका
डङ्गुरहरुलाइ मुटुमा
राखेर
आउने हरेक चोट र दुख
हरुको संघर्षमा अचानो
सरि यो जिन्दगीलाई
रेटिरहेको छु ।
त्यसैले
न बग्न सके
न पुनरावृत्त हुन नै                                                                                                                       दिपसागर पौडेल
कुस्मा पर्बत