भतियार नमिलेकै कारण सदनले सदन गुमाउँछ यस्तो लाग्दैछ अब नेपालीले नेपाली पन गुमाउँछ

आइतवार, भदौ १३, २०७८

भतियार नमिलेकै कारण सदनले सदन गुमाउँछ
यस्तो लाग्दैछ अब नेपालीले नेपाली पन गुमाउँछ

मेरो देशले सबथोक चाहन्छ शक्ति र सम्पन्नता
केबल अर्थतन्त्रको मतलब र परिवर्तन गुमाउँछ

महोदय भ्रष्टाचारले नै झुकाउँछ तराजुको थलिया
तबत हाल हुकुम र न्यायले आयआर्जन गुमाउँछ

हाँसो खुसी ध्रुवसम्म आयो खल्बल्याएर फर्कियो
हेर्दै जानू विद्धानहरुको धक्कुले शासन गुमाउँछ

यहीँ माटो र पानीमा देश मिल्छ तर नम्रता उम्रीन्न
खै किन हो कातरता देखाएरै नेपाली मन गुमाउँछ

दुश्मनहरुलाई कल्यै छिर्न दिनुहुन्न दैलाको ढोकामा
किनकि घर स्वर्ग हो नत्र स्वर्गले नै लखन गुमाउँछ

नाम- लख्खु सिंह
जन्मस्थान- कैलाश पिमि बझाङ
हाल- रौतहट गौर ।