दुइलाख रुपैयाँ घुस सहित वडा अध्यक्ष पक्राउ

मङ्लबार, भदौ २२, २०७८

भदौं २२,काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैया घुस सहित वडा सदस्यलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाका १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई घुस सहित अख्तियारले पक्राउ गरेको हो ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो ।

घुस लिइसकेको अवस्थामा उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।