Breaking News

एकिकृत समाजबादी पार्टीको अध्यक्षमा बस्नेत

By मनासलु

September 01, 2021

भदाै १६, गाेरखा। गोरखामा माधव कुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजबादी पार्टीको अध्यक्षमा एमालेबाट समानान्तर कमिटिको जिल्ला अध्यक्ष बन्नुभएका यादव बस्नेतलाई नै अध्यक्षको जिम्मेवारी दिइएको छ ।

एमालेको समानान्तर कमिटिलार्यलाई एकिकृत समाजबादी कायम गरिएको सो पार्टीले जनाएको छ । त्यस्तै पार्टीको टेकराज भट्टलाई उपाध्यक्ष, सानुमाया बस्नेतलाई सचिव र नारायणध्वज खड्कालाई उपसचिव कायम गरिएको जनाइएको छ ।

अब गोरखा जिल्लामा एकिकृत समाजबादी पार्टीको १२१ सदस्यीय जिल्ला कमिटि बनेको छ ।