भदौ १८, गोरखा । वारपाक सुलिकोट गाऊँपालिका वडा नम्वर १ र २ मा नेपाली काँग्रेसको वडा अधिवेशन आज स्थगित भएको छ ।
गणपूरक संख्या नपुगेकाले दुबै वडामा आज अधिवेशन हुन सकेन, भोली बिहान ८ वजेबाट शुरु हुन्छ’ काँग्रेसका जिल्ला सभापति हरि बहादुर घलेले भने ।
‘पानी परेका कारण टाढाबाट आउने सदस्यहरु आउन नसकेकाे र गणपूरक सँख्या नपुगेकाे उनले बताए । भाेलि सबै आउँछ हाेला त्यसपछि अधिवेशन सुरु हुन्छ उनले भने ।