Breaking News

भीमसेन थापा गाउँपालिका उपाध्यक्ष वाग्लेद्वारा काँग्रेस पार्टी त्याग गरेकाे स्व घाेषणा

By मनासलु

September 03, 2021

भिमसेन थापा गाउँपालिका, गाेरखा । नेपाली काङ्ग्रेस गोरखाको महिला नेतृ एवँ भिमसेन थापा गाउपालिका उपाध्यक्ष बिनु वाग्लेले आफ्नो मुल पार्टी नेपाली काङ्ग्रेस परित्याग गरी आफू स्वतन्त्र भएको घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो सन्देश दिएकी हुन् । वडा अधिवेशनका विषयलाइ लिएकाे भएकाे छलफलमा विहिबार पालिकामा झडपकाे स्थिति आएपछि प्रहरी परिचालन भएकाे थियाे ।

पालिका अध्यक्ष इश्वर पाण्डेले उपाध्यक्षकाे अधिकार माथि हस्तक्षप गर्दै आएका थिए । उपाध्यक्षलाइ पालिकाकाे गाडी चढ्ने समेत पाण्डेले राेक लगाउँदै आएका पालिका कर्मचारीहरुकाे भनाइ छ । अनुगमनका लागि फिल्डमा जान नदिने र अनुगमन विना नै भुक्तानी गर्ने प्रचलनले पालिकामा बेरुजुकाे खात लागेकाे छ ।

यस पालिकामा अधिकाँश सामाजिक विकास शिषर्षकका बजेटहरु खर्च नभए फ्रिज हुँदै आएका छन् ।