साहित्य

टुक्का साहित्य समाजकाे नियमित टुक्का अभ्यासकाे सिलसिलामा सङ्कलन गरिएका “शुभकामना” विषयका उत्कृष्ट टुक्का कविताहरू

By मनासलु

September 10, 2021

१. दुःखीले गर्नु दुखसँग दुःखकै सामना, अरू सबैलाई सुखको यो शुभकामना। २. कविका कविसँग मिलोस् भावना, खुशीका दिलबाट शुभकामना। ३. कति छन् कति देखिने सम भावना, प्राप्ति होस् ईच्छा छ यही मेरो कामना । ४. सुखमा न आओस् बिपत्ति कामना, सद्भाव र रहोस् समृद्धि साधना। होम प्र, नेउपाने , धरान,सुनसरी

१. विशेष दिनको सबैलाई सुखद शुभकामना, आजकाे दिन निकै भव्य-सभ्य बनाेस् भन्ने चाहना । २. शुभ होऊन् यी दिन अनि रात, खुब राम्रा बनून् साथीका बात । लक्ष्मी घिमिरे, झापा

१. जन्मदिनको शुभकामना, पूरा होऊन् ईच्छा र चाहना। २. आशिर्वाद सबै लागोस् हाम्रो, जिन्दगी होस् सोचे भन्दा राम्रो। ३. फूल जस्तै फूलोस् हजुरको जीवन, अझै राम्रो हुँदै जाओस् जिन्दगी झन। जगत थापा, बझाङ्ग

१. सबै प्रगतिको पथमा लम्किनू शुभकामना, रहोस् है त सधैंभरी नै शुद्ध मनको भावना l २. नजिकिदै गरेको छ तिज एक हिन्दुहरुको महान पर्व, सबैलाई शुभकामना,तिज आउँदा लागेको छ सारै गर्व l रिता खराल, रुपन्देही

१. निर्मल मनकी, प्रतिभाकी खानी, तिमीलाई के दिऊँ म उपहार, शुभकामना जन्मदिवसमा, जीवनमा सदा छाइरहोस् बहार ! २. अनेकौँ चाडबाडमा हामी रमाउने, शुभकामना साटेर, हुँदैन बनेर दु:खी, बाँच्नुपर्छ एकापसमा माया बाटेर । रचना शर्मा ‘प्रतीक्षा’ महालक्ष्मी न.पा., ललितपुर ।

१. नसोध प्रीया तिमी मलाई चोट दिई कहाँ दुख्छ घाउ, शुभकामना छ प्रेयसी अब आफ्नै खुशीको गाउँ जाऊ। २. निधारमा माटो-टीका देशको लागी लगाएर आऊ, शुभकामना छ कम्मरमा खुकुरी सजाएर जाऊ। मुक्तिनाथ अधिकारी भरतपुर,चितवन

१. सगरमाथाकाे शिखर चुम्न सफल रहनू शुभकामना, फूल झै सुन्दर रहनू ,पूरा हुन् हजुरका हरेक भावना। २. स्वस्थ रहनू खुशी नै रहिरहनू पूरा होउन् चाहना, मनले सोचेका,आँटेका हरेक इच्छा पुराहाेस् भावना। ३. शुभकामना छ हजुरहरूलाइ यस तिज महान पर्व, सबै दाजुभाइ दिदिबहिनीहरू जम्मा भएकाे लाग्छ गर्व। शाेभा अर्याल , बुटवल १४ रुपन्देही

१. सरल व्यवहार मीठो बोली गरी शुभकामना, सादा जीवन साथमा उच्च राख्नुपर्छ सुुभावना । २. मनैबाट स्वस्थ बनौँ राखौँ पवित्र चाहना, सडकबाट काँडा फालौँ बाँडौँ शुभकामना । ३. स्वार्थी कहिल्यै अघाउँदैन तर दानी सबै जना, भोको रहनु पर्दैन त्यसले राखौँ शुभकामना । श्रीकृष्ण शर्मा, पोखरा

१. भित्री मनमा भए केही ईच्छा र चाहना , पूरा हुदै जाउन् सुस्तै यही शुभकामना । २. शिखर चुम्ने अठाेट राख्नु , पार लाउन सागर ताक्नु । ३. अमूल्य याे जीवनकाे यात्रा सहज बनाेस् , क्षमता जाे दुनियाँले चिनाेस अाहा भनाेस् । रामकृष्ण दुवाडी, पाेखरा ।

१. फूल झैं सुन्दर र सुगन्धित बनिरहोस् भावना, यही विशेषदिनको अवसरमा शुभकामना। २. सु-स्वास्थ्य, दीर्घायू तथा सुख-समृद्धिको चाहना, सधैँ पूर्ण भइरहोस् मनले सोच्ने यी भावना। अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

१. गाईलाई सिंगारी बिरूप बनाए , ती दिवङ्गत् का नाममा जात्रा मनाए । २. धर्मको नाम जप्छन् विदेशी भावना , अनि पठाउँछन् सबैलाई शुभकामना । बेदु न्यौपाने , काठमाडौ

१. जन्मियौ आज धर्तीमा धेरै गर्नुछ सामना, मूरी मूरी तिमीलाई हार्दिक शुभकामना । २. चेली अवश्य तिम्रा जाग्नेछ पुष्प भावना, अर्पे म यो तिमीमा हार्दिक शुभकामना । ऋषिराम खनाल ।पाल्पा हाल नवलपुर ।

१. शुभकामनाहरू जति बर्सिए पनि, मनभित्रै धुवाँ किन फैलिएछ नि? २. सुख शान्ति सत्यता मन होस् सफा सदा, दुःखको प्रहार नै नरहोस् कदाकदा। पौडेल विमुन्स, पाेखरा

१. शुभकामना छ खुसी रहनु हर पलहरूमा, नपराेस चुक्न कहीं कतै शत्रुका छलहरूमा। २. कर्मठ पाखुरीहरूमा शुभकामना सफल हुनु, हाँसी खुसी बिताेस जीवन नपराेस कहिल्यै रुनु। ताराप्रसाद चापागाईं