गाेरखा । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश मार्फत जनमुखि कार्यक्रम ल्याएका छन् । शर्माले सँसदमा प्रस्तुत गरे अनुसार शिक्षक अस्पताल निर्माण गर्ने, कृषि बिमा 80% अनुदान दिने,राजनितिक आन्दोलनका सहिद परिवारलाई मासिक 3000 भत्ता दिने, दीर्घ रोगिहरुलाइ मासीक 5000 भत्ता, कोभिड-१९ बाट प्रभावित पाँच लाख परिवारलाई 10000 सहयोग गर्ने कार्यक्रम बजेटमा समेटिएका छन् ।
सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १०% कटाैती, त्यसबाट बचेकाे रु. ५ अर्ब काेभिड खाेप खरिदमा लगाइने, कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति, हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने, पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै, सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने लगायत याेजनाहरु रहेका छन् ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक आज सँसदमा प्रस्तुत भएकाे हाे ।