साहित्य

टुक्का कविताकाे नियमित अभ्यासकाे सिलसिलामा संकलन गरिएका “मेहनत र अवसर” विषयमा सिर्जना गरिएका केही टुक्काहरू

By मनासलु

September 14, 2021

१. पौरखले संसार जितिन्छ, सबैको ध्यान आफै खिचिन्छ। २. पाखुरी बजाएर राम्रो दाउमा चौका, सामुन्नेमा धेरै बाजी आउँदैन मौका। म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान १. मेहनत गर्न जाने अवसर पक्कै आउॅछ, हार नमान्ने मान्छेले सधैँ मौका पनि पाउॅछ । २. अवसर आउॅदा नचुकौँ सदुपयोग गर्न, बेर लाग्दैन कति पनि आफ्नो स्तरबाट झर्न । राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग, हाल- प्रवास

१• कर्म गर तर फलको आस नगर, आफ्नै पाखुरी छन् कसैको भर नपर। २• सही अवसर चिन्न सक्नु पर्छ, नत्र माथि थुक्दा ऑफैमाथि झर्छ। घनश्याम पौडेल, सृजना चोक पोखरा

१. पहिले अवसर नै मिल्नुपर्छ क्षमता देखाउन, कठोर मेहनत गरेमा सकिन्छ जीत लेखाउन । २. काम सानो ठुलो हुदैन मेहनत गर्नुपर्छ, मेहनतले सफल जीवन चिनाउने गर्छ । वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ

१. चिन्दैन कतिले पाए पनि राम्रा राम्रा अवसर बुझ्दैन किन नगरे मेहेनत भोलिको त्यो असर । २. परिश्रम गरे जति के पाइन्न र फल ! हरेश नखाई काम गरी बनौँ सफल । रचना शर्मा प्रतीक्षा, ललितपुर ।

१. फल मिल्छ मेहनतले गर्न जान्नुपर्छ । कर्म नै आफ्नो जिन्दगीको भाग्य ठान्नुपर्छ । २. चुनौतीमै अवसर देख्नुपर्छ साथी बझारेर हातपाउ जानुपर्छ माथि । त्रिलोचन भण्डारी मेचीनगर ,झापा

१. हाेस गरी काम गराैँ राम्राे अवसर पाउँदा, पछुताउनु पर्ने छ समय त्यसै गुमाउँदा। २. युवा सबै विदेशिए अवसरकाे खाेजीमा, स्वदेशमा केही गराैँ त पैसा छैन गाेजीमा। ताराप्रसाद चापागाईं धुनिबेशी, धादिङ

१. लोभि छन् सबैका नजर, वैंशालु छन् किन अधर। २. जिन्दगी यो सोझो हिँडिरहँदा, मन धेरै दुख्छ आँशु बहदा। पौडेल विमुन्स, पाेखरा

१ इलमीले कहिल्यै पनि भोको बस्नु पर्दैन, खानेकुरा आकाशबाट मुखमाथि झर्दैन । २ कर्म हो पूजा यसभन्दा ठूलो भेटिन ईश्वर, अवसरविना कलियुगमा अगाडि को छ र ?          श्रीकृष्ण शर्मा, पोखरा

१. अबसर र मेहनत फरक फरक पाटाे , जाँगर भयाे मेहनत अवसर चाहिँ बाटाे । २. माैका आउँछ जान्छ छिट्टै बस्ने हाेइन पर्खी , जाँगर चलाई काम गर्नु सिधा अघि फर्की । रामकृष्ण दुवाडी, पाेखरा ।                                     जय टुक्का! जय साहित्य!