Breaking News

अखिल नेपाल विद्यार्थी सँगठन (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे, ७५ जनाकाे जिल्ला समिति निर्माण

By मनासलु

September 17, 2021

असोज १, गोरखा ।   अखिल नेपाल विद्यार्थी सँगठन (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्षमा विष्णु पाण्डे निर्वाचित भएका छन् । गाेरखामा शुक्रबार  भएको संगठनको २० औं जिल्ला सम्मेलनबाट पाण्डे अध्यक्षमा चयन निर्वाचित भएका हुन् ।  संगठनको उपाध्यक्षमा सन्दिप सुनार, रमा श्रेष्ठ , मिलन सुनार चयन भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिए ।

संगठनको जिल्ला सचिवमा सुलभ अम्गाई , कोषाध्यक्षमा सुस्मिता दवाडी र सहसचिवमा अनिष अर्याल  र सुवर्ण देवकोटा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संयोजक हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलन कार्यक्रमबाट ७५ जनाको कमिटी गठन गरिएको ईन्चार्ज भट्टले बताए ।

कार्यक्रममा विषेश अतिथि संगठनका केन्द्रीय सचिव तथा प्रदेश नं ४ का संयोजक क्षितिज सापकोटा , नेकपा (माओवादी केन्द्र) जिल्ला ईन्चार्ज कृष्ण धिताल , गोरखा जिल्ला अध्यक्ष लेख वहादुर थापा, अखिल .(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक राजन आले मगर लगायत पार्टी र विद्यार्थी केन्द्रीय तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।