मुस्ताङ । प्रसिद्ध तिर्थ स्थल मुक्तिनाथ मन्दिर असाेज १० गतेबाट सर्वसाधरणका लागि खुला गरिने भएकाे छ । स्वास्थ्य मापदण्ड कायम गरी मन्दिर खुला गर्न लागिएकाे प्रमुख जिल्ला अधिकारी श्रीनाथ पाैडेलले जानकारी दिए ।
विदेशीका हकमा सात दिन भित्रकाे पिसिआर रिपाेर्ट देखाउनुपर्ने, नेपालीका हकमा खाेप लगाएकाे प्रमाणपत्र देखाउनुपर्ने र स्थानीयका हकमा भने कुनैपनि मापदण्ड ताेकिएकाे छैन । मन्दिर खुलेसँगै त्यस क्षेत्रमा पर्यटन गतिविधि अघि बढ्ने भएकाे छ ।