Breaking News

विपदमा सेवादिन सँवेदनशिल रहन्छु, कसैकाे दवावमा नकाम गर्दीन : प्रमुख जिल्ला अधिकारी आचार्य

By मनासलु

September 22, 2021

गाेरखा । जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपदका समय सेवा दिन आफू सँवेदनशिल रहेकाे बताएका छन् ।   बुधवार पत्रकारहरुसँग कुराकानी गर्दै उनले कसैलकाे दवावमा नकाम नगर्ने बताए ।

जनतासँग प्रत्यक्ष सराेकार राख्ने कार्यलयका काममा आफूले महत्वका साथ निर्देशन दिए छिटाेछरिताे काम लगाउने बताए ।  बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि काेसिस गर्ने उनकाे भनाइ छ । जिल्लाका छेकम्पार र सामागाउँमा बिअाेपी स्थापना गर्न जग्गा समेत खाेजेपनि समयमै स्थापना हुन सकेकाे छैन् ।

उद्धारका कार्यमा छिटाे गरी काम गर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारीले  उत्तरी गाेरखामा खाद्यन्न कति बेला पुर्याउँछन् भनेर नागरिकहरुले दिन गनिरहेका समय  भर्खरै जिल्ला आएका आचार्यले कामलाइ गति दिने बताएका हुन् ।