Breaking News

१७ लाख ठगी गर्ने कालिकाेटका ललितजँग शाहि तनहुँबाट पक्राउ

By मनासलु

September 24, 2021

गोरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १४ स्थित आरम्भ चौतारी लघुबित्त संस्था लिमिटेडबाट नक्कली ऋणी खडागरी करिब १७ लाख रुपैयाँ ठगी गर्ने एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।  लिमिटेडका तात्कालिन शाखा प्रमुख ललित जंङ शाहीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।

कालीकोट राम्नाकोट ६ घर भएका शाहीले देउराली शाखामा कार्यरत रहदा १३ जना नक्कली ऋणी खडा गरी उनीहरुको नाममा १६ लाख ९५ हजार ऋण लगानी गरेको देखाएर उत्त रकम हिनामिना गरेको भनि संस्थाले प्रहरी उजुरी दिएको प्रहरीले जनाएको छ ।

संस्थाको रकम हिना मिना गरे पछि निलम्बनमा परेका शाही लुकीछिपी बस्दै आएको अवस्थामा तनहुँको आँबुखैरेनी बजारबाट आज गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

शाहीलाई आजै गोरखा जिल्ला अदालतमा ठगी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागी ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए  । पक्राउ परेका शाहीको बारेमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।