गाेरखा नगरपालिकामा ७८ वर्षिय भट्ट मृत भेटिए

आइतवार, भदौ २७, २०७८

भदाै २७ गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर १ छापथाेकका ७८ वर्षीय ढुण्डी प्रसाद भट्ट स्थानीय पाखुरी डाँडा बनेकाे खाेल्सामा मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ झिँगटे बजार जान्छु भनेर घरबाट निस्केका भट्ट विहान सम्म पनि घर नफर्किएपछि खाेजी गर्दा सडकबाट झण्डै पाँचसय मिटर तल शव भेटिएकाे स्थानीयले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरीकाे टाेली पुगेर अनुसन्धान गरिरहेकाे छ । स्थानीय कलाधार भट्टका अनुसार बाघकाे आक्रमणका कारण भट्टकाे  मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।