मालिका माविका शिक्षक विसिकाे शव हत्या गरेकाे अवस्थामा भेटियाे

मङ्लबार, भदौ २९, २०७८

भदाै २९, दैलेख । जिल्लामा आज एक जना शिक्षकको बिभत्स हत्या भएको अबस्थामा शव फेला परेको छ । दैलेखको गुराँस गाउँपालिका– ८ मा आज शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

रक्ताम्य अवस्थामा शव भेटिएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाई छ । मृतक विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

शव भेटिएको स्थानमा प्रहरीको टोली पुगेर अनुसन्धान प्रक्रिया अघि बढाईसकेको डिएसपी श्रेष्ठले बताए । घटनाको थप जानकारी प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।