भालुकाे आक्रमणमा परी गाेरखाकाे दुइ जना घाइते

बिहिबार, भदौ ३१, २०७८

गणेश ढकाल । चुमनुब्री गाउँपालिकामा भालुले आक्रमण गर्दा दुइ जना घाइते भएका छन् । चुमनब्री ४ का रिक्जेन दाेर्जे लामा र वडा नं ३ का ध्याल्जेन गुरुङलाइ भालुकाे आक्रमणमा परी गम्भीर धाइते भएका छन् । पछिल्लाे समय विभिन्न बस्तिहरुमा भालुकाे आतङ्क बढ्दै गएकाे छ। संरक्षण क्षत्रभित्र पर्ने चुमनुब्री गाउँपालिकाकाे प्राेक, ल्हाे, बिहि, सिर्दिबास लगायतका क्षत्रहरुमा भालुले दुख दिने गरेकाे स्थानीय नागरिकहरुले बताएका छन् ।

भालुले स्थानीय मानिस तथा धरपालुवा जनावरहरुलाइ आक्रमण गर्नुका साथै बालिनालिहरु पनि नष्ट गर्ने गरेकाे छ ।

भालुले रातकाे समयमा खेतबारीमा पसेर स्याउ तथा मकैबाली पनि नष्ट गर्ने गरेकाे स्थानीय नागरिकहरु बताउँछन् । स्थानीय तेन्जिन दाेर्जे लामाले रातभरी सबै गाउलेहरु मिलेर मकैबारी कुर्दा पनि भालुले गाउँकाे आधा भन्दा बढी मकै नष्ट गरेकाे बताए । चिसाेका कारण बर्षमा एउटा मात्र बाली उत्पादन हुने उक्त क्षत्रमा त्यहि बाली पनि भालुले नष्ट गरिदिए पछि भाेकै बस्नुपर्ने हाेकी भन्ने चिन्ताले सताएकाे स्थानीयहरु बताउछन् ।

चुमनुब्री गाउँपालिका वडा नं ४ का वडाध्यक्ष पेमा डुण्डुप लामाले वन्यजन्तु नियन्त्रणका लागि धेरै लगानी गरेर गाउँकाे खेतबारीहरुमा तारबार लगाएकाे भए पनि भालुलाई नियन्त्रण गर्न नसकिएकाे र स्थानीयहरुले सास्ती खेप्नु परेकाे बताए । वडाध्यक्ष लामाले गाउँलेहरुलाइ तत्काल क्षतिपुर्ति दिन र बस्ति वरिपरि रहेका भालुहरुलाई बस्ति भन्दा टाढा लगेर छाड्नका लागि मनास्लु संरक्षण क्षत्र आयाेजनासंग माग गरिएकाे जानाकारी दिए ।

मनास्लु संरक्षण क्षत्र आयाेजनाका निमित्त आयाेजना प्रमुुख अजित तुम्बाहाम्फेले पछिल्लाे समय संरक्षण क्षत्रभित्र स्थानीय र वन्यजन्तुबिच द्वन्द बढ्दै गएकाे र उक्त द्वन्द नियन्त्रणका लागि विभिन्न कार्यक्रम बनाएर कार्यन्वयन गरिने जानाकारी दिए ।

केही समय अगाडि चुम्चेतकाे लेकमा हिउँचितुवाकाे आक्रमणबाट १३ वटा खच्चड र २ वटा धाेडा पनि मारिएकाे बताउदै तुम्बाहाम्फेले मानिस तथा पशुपंक्षीमा भएकाे क्षतिकाे लागि राहत निर्देशिकाकाे आधारमा क्षतिपुर्ती दिने प्रक्रिया अगाडि बढाइएकाे र भालुले बालिनालि नष्ट गरेकाे हकमा भने निर्देशिकामा क्षतिपुर्ति दिने व्यवस्था नभएकाले उक्त विषय निर्देशिकामा समावेश गर्नका लागि पहल गरिरहेकाे जानाकारि दिए ।