स्क्रव टाईफसका २५ जना विरामी देखापरे

सोमवार, असाेज ४, २०७८

गोरखा । जिल्लाकाे आरुघाट गाउँपालिकामा २५ जना स्क्रव टाईफसका बिरामी फेला परेका छन् । बिरामी भएको लामो समयसम्म पनि ज्वरो निको नभएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रब टाईफसको किटमात्र परिक्षण गर्दा उनिहरुमा स्क्रब टाइफस पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठले जानकारी दिए ।

साउन महिनाको पहिलो सातादेखि अहिलेसम्म स्क्रब टाईफसका २५ जना बिरामी पहिचान भएको श्रेष्ठको भनाई छ ।
लामो समयसम्म पनि ज्वरो निको नभएपछि स्क्रब टाईफसको किट ल्याएर परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको तर अहिले सबै बिरामी ति बिरामीहरु सामान्य बन्दै गएको शाखा प्रमुख श्रेष्ठले बताए ।

स्क्रब टाईफस हुदा आँखा रातो हुने, धेरै ज्वरो आउने, पेट दुख्ने, खोकी लाग्नुका साथै बान्ता पनि हुने र पखाला लागेर श्वासप्रश्वासमा पनि समस्या देखिने गर्दछ । यस्ता बिरामीहरुमा जोर्नी दुख्नुका साथै मासंपेशीमा दुखाई बढ्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठकाे भनाइ छ ।  यो रोग सानो प्रकारको किर्नाको टोकाईबाट मानिसमा सर्ने रोग भएकोले किर्नाले टोकेको स्थानमा दाग समेत देखिने गर्दछ ।