आँवुखैरेनीमा भण्डारी प्यानल विजयी

शनिबार, असाेज ९, २०७८

असाेज , ९आँबुखैरेनी । नेपाली कांग्रेस आँबखैरेनी गाउँ कार्यसमितिको सभापतिमा विष्णु बहादुर पन्त निर्वाचित भएका छन्। आज सम्पन्न महाधिवेशनमा भएको सभापतिको निर्वाचनमा प्रत्यासी उम्मेद्वार प्रितम गुरुङलाई पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । पन्त पूर्व मन्त्री श‌ङ्कर भण्डारी प्यानलका हुन भने गुरुङ देउवा प्यानलका हुन् ।

कुल खसेको ९९ मत मध्य पन्तले ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी उम्मेद्वार गुरुङले ३९ मत मात्रै ल्याए। खसेको कुल मत मध्य ४ मत बदर भएको थियो।

उपसभापति पदमा भएको मतदानमा सबैभन्दा बढि मत ल्याएर विजय गुरुङ र गोलाप्रथाद्वारा कर्ण बहादुर गुरुङ विजयी भएका छन्। तरुण दल आँबुखैरेनीका सभापति समेत रहेका विजय गुरुङले सबैभन्दा बढि ६३ मत ल्याएका थिए। उपसभापतिका अन्य प्रत्यासीहरु मध्य शालिग्राम अधिकारी र कर्ण बहादुर गुरुङले ४२÷४२ मत ल्याएपछि गोलाप्रथाद्वारा गुरुङ विजयी भएको हो। उपसभापतिका अर्का पत्यासी केशर बहादुर के.सी.ले भने सबैभन्दा कम २३ मत ल्याए।

अधिवेशनले अन्य पदहरुमा भने निर्विरोध निर्वाचित गरेको छ। जसमध्य सचिवमा दिनेश केसी र चेत बहादुर थापा, सह–सचिवमा दिपक कुमार श्रेष्ठ र कुमार गुरुङ निर्वाचित भएका छन्।

सदस्यतर्फ प्रत्यक्ष वडा नं. १ बाट पदमराज अधिकारी, दिपेन्द्र अधिकारी र तुलसीमाया पन्त, वडा नं. २ बाट नारायण थापा बाँचे, झलक बहादुर थापा र शुसिला वि.क., वडा नं. ३ बाट गणेश कोईराला, देवी देवकोटा र गौरी कार्की, वडा नं. ४ बाट श्रीमान् थापा मगर, मिलन भुजेल र तारा गुरुङ, वडा नं. ५ बाट अमर राना मगर, दल बहादुर भुजेल र मिना गुरुङ वडा नं. ६ बाट बसन्त गुरुङ, मिन बहादुर गुरुङ र तिलमाया वि.क., निर्विरोध निर्वाचित भएका छन्।

जनजाती तर्फ देवेन्द्र थापा, रविन श्रेष्ठ, परशुराम श्रेष्ठ र नेत्र गुरुङ, खस आर्यतर्फ रविन्द्र अधिकारी र सरस्वती अधिकारीका साथै दलिततर्फ अनु परियार छिदाल निर्विरोध निर्वाचित भएका छन्।