
गाेरखा। गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँका दुईजनाले अक्सिजन विना मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
वडा सदस्य समेत रहेका ३७ बर्षका मिङ्मार छिरिङ र २१ बर्षकी डिकी ल्हामुले सोमबार ८,१६३ मिटरको विश्वको आठौं अग्लो हिमालको विना अक्सिजन सफल आरोहण गरेका पायोनियर एडभेञ्चर ट्रेक्सले जनाएको छ । स्थानीयबासीन्दाको तर्फबाट मनास्लुको चुचुरोमा पुग्ने उनिहरुले पहिलो रहेका स्थानीय बीर बहादुर लामाले बताए ।
सामागाउँमा रहेको मनास्लु हिमाल किलर माउण्टेनका रुपमा पनि चिनिन्छ । तर हिमाल आरोहणको तालिम र अक्सिजन नभै दुइजनाले मनास्लुको सफल आरोहण गरेका स्थानीयले बताएका छन् ।