३४ क्विन्टल चामल चुम्चेत पुग्याे ।

मङ्लबार, असाेज १२, २०७८

गाेरखा ।  गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरबाट  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार ३४ क्वीण्टल चामल चुम्चेत पुर्‍याएको छ ।

 

खाद्यान्नको अभाव रहेको त्यस क्षेत्रका लागि चामल ढुवानी गरिएकाे प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।  माैसमले साथ नदिएका कारण सममै त्यस क्षेत्रमा खाद्यन्न पुर्याउन सकिएकाे थिएन ।

छेकम्पारका लागि चामल ढुवानी गर्ने काम बाँकी नै रहेकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।