एउटै बाेटमा ८० किलाे भूइँस्याउ फल्याे

बिहिबार, असाेज १४, २०७८
नामरुङ स्थित भुइस्याउकाे बगैँचा

असाेज  ११, गाेरखा । चुमनुब्रि गाउँपालिका वडा नम्बर ४ नामरुङमा रहेकाे भूइँस्याउ बगैँचामा एउटै बाेटमा ८० किलाेग्राम स्याउ उत्पादन भएकाे छ । स्थानीय लाक्पा डुण्डुप लामाले लगाएकाे स्याउँ वगैँचामा ठूलाे परिमाणमा स्याउ उत्पादन भएकाे हाे । दुइ हजार ८०० मिटर उचाइकाे  क्षेत्रमा उत्पादन भएकाे उक्त स्याउ पूर्ण रुपमा अर्गानीक रहेकाे कृषि ज्ञान केन्द्र गाेरखाका प्रमुख परशुराम अधिकारीले बताए । चिसाे हावापानीमा धेरै फल लाग्छ, नामरुङकाे फर्ममा हावापानी र अर्गानिक मलकाे राम्राे व्यवस्था भएका कारण उत्पादन राम्राे रहेकाे उनले बताए ।

उत्तरी क्षेत्रका नागरिकहरुले घरमा भएकाे अन्नबात जाँडरक्सी लगायतका खाद्यपर्दाथ बनाउने हुँदा अन्नकाे अभाव हुने र भाेकमरी हुने गरेकामा पछिल्लाे समय भूइँस्याउकाे प्रयाेगले अन्नवाली जाेगाउन सहयाेग पुगेकाे वडा अध्यक्ष पेमा डुण्डुप लामा बताउँछन् ।

यस भेकमा उत्पादन हुने मुख्य बाली आलु हाे । आलु पछि करु उत्पादन हुने गर्दछ । तल्लाे क्षेत्रबाट गाउँमा पुगेकाे खाद्यन्न र गाउँमा उत्पादन भएकाे खाद्यन्न प्रयाेग गरेर मानिसहरुले रक्सी उत्पादन गर्ने गर्दछन् । चिसाे ठाउँमा नखाइ बस्न सकिदैन, आफूसँग भएकाे बस्तुकाे प्रयाेग गरेर उत्पादन गर्ने हाे भन्छन अर्का स्थानीय छेटु लामा ।

खाद्यन्नकाे प्रयाेग गरेर रक्सी उत्पादन गर्दा अन्न सकिने र भाेकमरीकाे अवस्था आउने भएपछि अहिले नुब्री उपत्यकामा भूइस्याउ खेतीकाे थालनी गरिएकाे छ । एउटा बाेटबाट ८० किलाेग्राम सम्म उत्पादन दिने भूइँस्याउबाट रक्सी बनाउने र अन्नबाली खाद्यन्नकाे रुपमा प्रयाेग गर्ने प्रचलन पछिल्लाे एक वर्ष यता बढेकाे हाे । तल्लाे क्षेत्रमा प्रतिबाेट ८/१० केजी फल्ने भूइँस्याउ माथिल्लाे क्षेत्रमा दशगुणा धेरै फल्ने गरेकाे छ । चिसाे हावापानीमा उत्पादन राम्राे हुने कृषि विज्ञहरुकाे भनाइ छ ।

भूइँस्याउ खनेर जम्मा गरी ड्रममा मर्चाका साथ राखेर रक्सी बनाउने समयमा यसकाे प्रयाेग गर्न सकिने यसबारे जानकारहरु बताउँछन् । रक्सी बनाउने काममा अहिले प्राय सबैले स्याउकाे प्रयाेग गर्ने गरेकाे प्राेकमा भेटिएका एक स्थानीय नागरिक बताउँछन् ।

नेपाल राज्य एकीकरणकाे थालनी जिल्ला गाेरखा जिल्लाकाे उत्तरी क्षेत्रमा हिमाल पारी दुइवटा उपत्यका रहेका छन् । एउटा उपत्यका चुम ( साविक चुम्चेत र छेकम्पार गाविस ) र अर्काे उपत्यका नुब्री ( साविक विहि, प्राेक, ल्हाे र सामागाउँ ) रहेका छन् । यही दुइ उपत्यकाकाे नामबाट यहाँकाे गाउँपालिकाकाे नाम चुमनुब्री उपत्यका रहन गएकाे छ । यसकाे सदरमुकाम फिलिम भन्ने स्थानमा रहेकाे छ ।

उत्तरी गाेरखाका नागरिकहरुका लागि खाद्यन्न नेपाल खाद्य तथा व्यापार लिमिटेडले डुवानी गर्ने गर्दछ । जिल्ला सदरमुकाम पछि माछाखाेला र सिर्दीवासमा दुइ वटा डिपाे रहेका छन् । ताेकिएकाे परिमाणमा यहाँ खच्चड मार्फत खाद्यन्न ढुवानी हुने गर्दछ । पछिल्लाे समय बाटाेकाे समस्याका कारण खच्चड समेत जान नसक्ने अवस्थामा रहेकाे छ ।