अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

आइतवार, असाेज १७, २०७८

 असोज  १७,काठमाडौं ।  अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताएका छन ।

विद्यार्थि नेतृत्व गर्नेहरु पछिल्लाे समय मुलधारकाे राजनीतिमा उदाउने गरेका छन् । सिँह विद्यार्थि सँङगठनमा क्षमता भएकी नेतृ हुन् ।