पिण्ड सेलाउन गएका दराइकाे डुबेर मृत्यु

बिहिबार, असाेज २१, २०७८

गाेरखा । गोरखा नगरपालिका वडा नम्बर १४ स्ठित ड्याममा पिण्ड सेलाउन गएका ४७ वर्षिय पुर्णबहादुर दराईको डुबेर मृत्यु भएकाे छ ।  मंगलवार दिउँसो श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मस्र्याङ्दी नदीमा पुगेका उनी बेपत्ता भएका थिए ।

बुधवार बिहान उनको खोजतलास गर्दा पिण्ड बगाएको ठाउँबाट केही तल शव भेटिएको र आज कुरिनटार स्थित शसस्त्र प्रहरी बलको गोताखोर र स्थानीय प्रहरीको टोलीले खोजी गर्दा शव निकालेर परिवारकाे जिम्मा लगाएकाे छ ।