टुकी बालेर बसेका नागरिहरुलाइ धार्चे गाउँपालिकाले दियाे साेलार बत्ती र सुधारिएकाे चुल्हाे

शनिबार, असाेज २३, २०७८
साेलर र वितरण पछि सामुहित तस्वीर खिचाउँदै गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ सहित स्थानीय नागरिकहरु ।

असाेज २३,गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका स्थित केरौजाबेसीका ८७ घर परिवारलाई सोलार र चुल्हो बितरण गरिएको छ । लघु जलबिद्युत आयोजना समेत नपुगेको त्यस क्षेत्रका स्थानीयबासीहरुलाई शसर्त अनुदान कार्यक्रम अन्तर्गत सोलार र चुल्हो बितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

गाउँपालिकाले ३७ घर धुरीलाई सोलार र ५० घरघुरीलाई चुल्हो बितरण गरेको उनकाे भनाई छ । लघु जलबिद्युत समेत नहुदा मोवाइल चार्ज गर्न समेत नपाएका टुकी बत्तीको भरमा बस्न बाध्य भएका त्यस क्षेत्रका नागरिकलाई सोलार बितरणले राहात पुगेको अध्यक्ष गुरुङले जानकारी दिए ।

गाउँपालिकाकाे ८ लाख रुपैयाँको शसर्त अनुदान कार्यक्रमबाट सोलार र चुल्हो बितरण गरेको उनकाे भनाइ छ । पालिकाले अनुदानमा प्रदान गर्ने अधिकाँश कार्यक्रमहरु काँग्रेस कार्यकर्ताहरुमा मात्रै केन्द्रित हुने गरेकाे स्थानीयहरुले गुनासाे गर्ने गरेका छन् ।