तनहुँकाे गुणादीमा वेवारिसे बच्चा फेला पर्याे

सोमवार, असाेज २५, २०७८
जुम्ल्याहा बालबालिका

तनहुँ । पृथ्वी राजमार्ग स्थित तनहुँको म्याग्दे गाउँपालिका १ को गुणादीमा पर्ने पुलामी होटल नजिकै झाँडीमा बच्चा रोइ रहेको आवाज सुनिएपछि गएर हेर्दा एक शिुशु बेबारिसे अबस्थामा भेटिएको छ । झाडीमा बच्चा रोएको आवाज सुनिए पछि स्थानीयले हेर्न जाँदा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले नवजात शिशुलाई दमौली अस्पतालमा ल्याएर उपचार थालेको छ । झाडीमा फालिदा बच्चाको शरिरमा चोट लागेको कारण उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।अबैध सम्वन्धबाट बच्चा पेटमा रहेर जन्मिएपछि फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पुरुष शिशुको तौल जम्मा १ किलो ६ सय ग्राम रहेको दमौली अस्पतालले जानकारी दिएको छ । नवजात शिशुको तौल कम भएका कारण उपचारमा समस्या हुने दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यालले जानकारी दिए ।शिशुलाई जन्माएर झाडीमा फाल्नेको प्रहरीले  खोजतलास गरिरहेकाे छ।