मनास्लुमा खुल्याे ३५ कराेड लगानीमा नुव्री फाेर सिजन रिसाेर्ट

सोमवार, असाेज २५, २०७८
smart

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नामरुङ बजारमा ३५ कराेड लगानीमा बनेकाे हाेटेल सुचारु भएकाे छ । युवा व्यवसायी लाक्पा डुण्डुप लामाकाे लगानीमा बनेकाे नुब्री फाेर सिजन रिसाेर्ट  उत्तरी गाेरखा प्रवेश गर्ने नाकामा पर्दछ । लाैठ सल्लाकाे प्रयाेग गरेर बनाइएकाे हाेटलका काेठाहरु बास्नादार रहेका छन् । उक्त काेठामा प्रर्याप्त अक्सिजन हुनुका साथै जडिबुटिका बास्नाले शरीरलाइ थप आराम प्रदान गर्ने लामाकाे भनाइ छ ।

चारवटै सिजनका लागि यहाँकाे बातावरण राम्राे रहने भएकाले हाेटलकाे नाम फाेर सिजन राखिएकाे उनले बताए । हाेटलमा साउना, ताताे चिसाे पानी का साथै खाद्यन्नका विभिन्न परिकारहरु रहेका छन् ।

विदेशी पर्यटकहरुलाइ लक्षित गरेर बनाइएकाे उक्त हाेटल सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकहरुले राेजगार पाउनुका साथै यहाँ उत्पादन भएका अर्गानिक बस्तुहरु तरकारी, फलफूल, अन्नहरुकाे समेत खपत बढेकाे छ ।

हाेटलमा काेठामा कपडा राख्न बनाइएकाे ह्याङगर

पदमार्गकाे बाटाे भएर वा हेलिकप्टरबाट मनासलु यात्रा गर्न चाहनेहरुका लागि हाेटेलले सेवा प्रदान गर्दै आएकाे छ । हाेटलले प्याकेज  बनाएर मनास्लु हिमालकाे यात्रा गराउने याेजना समेत सार्वजनिक गरेकाे छ ।

हिमाली  क्षेत्रकाे बारेमा अध्ययन गर्न चाहने अनुसन्धान तहका विद्यार्थिहरुलाइ निशुल्क खाने वस्ने व्यवस्था मिलाउने समेत हाेटल सञ्चालक लामाले बताएका छन् ।

हेलिकप्टरबाट समान ढुवानी गरेर भारतबाट झिकाइएका इन्जिनयरहरुकाे सहयाेगमा रिसाेर्ट निर्माण गरिएकाे पर्यटन व्यवसायी लामाले बताए ।