साँकेतिक तस्वीर

Breaking News

गोरखाको ध्याल्चोक दुर्घटनाका घाइतेको संख्या १४ पुग्यो

By मनासलु

October 12, 2021

असाेज २६, गाेरखा । बेनिघाट आरुघाट सडकखण्ड अन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८, मलेओडार भिरमा बलेरो जिप दुर्घटना आज दिउँसो हुदा १४ जना घाइते भएका छन् । बेनिघाटबाट धादिङको माँझीटार तर्फ जाँदै गरेको बा २० च ४४०० नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए ।

घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मध्ये धादिङको ज्वालामुखी गाउँपालिका–१ का, ४८ बर्षका सुब्बा माँझी, २८ बर्षका बलबहादुर कुमाल, २० बर्षकी संगिता माँझी, २१ बर्षका रमण कुमाल, गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकका ५० बर्षका होमबहादुर कुमाल, ५० बर्षकी बिन्दु कुमाल र गण्डकी गाउँपालिका–८ की ३६ बर्षकी सन्जु कुमाललाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ ।

अन्य घाइेतहरु धादिङ ज्वालामुखी गाउँपालिका–१, चालक २२ बर्षका मनोज माँझी, ३४ बर्षका अर्जुन कुमाल, ९ बर्षका बिनोद कुमाल, २२ बर्षकी सरिता कुमाल, गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकका १० बर्षका सन्दिप कुमाल, वडा नम्बर ४ का १४ बर्षका मदन कुमाल र भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका ३० बर्षका उमेश कुमालको भने मलेखु सामुदायिक हस्पिटल धादिङमा उपचार भइरहेको डिएसपी दाहालले बताए ।

जिपका चालक २२ बर्षका माँझीको अबस्था सामान्य रहेको र उनकाे अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।