Breaking News

गृहमन्त्रालयबाट १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

By मनासलु

October 18, 2021

काठमाडौं। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरेका हुन्।

गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त गरी कैलालीका खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको छ।जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाखाँचीबाट गृहमन्त्रालय तानिएको छ। राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।