साहित्य

टुक्काकार प्रद्युम चालिसेका दश व्यङ्ग्यात्मक टुक्का कविताहरू

By मनासलु

October 21, 2021

१ पुर्खाले आर्जेकाे वीर नेपालीकाे शान , धुलिसात बनाउने नेता हुन श्वान । २ जनता रहेछन् नेताकाे नै खेत, हर उपाय गरी लाउछन् रेत । ३ नेपाल हाम्राे कृषि प्रधान देश, खाडी पुगे युवा क्रान्ति भयाे शेष। ४ विकासका लागि भाे क्रान्ति, बग्याे रगत , क्रान्तिकारी नेता कुर्सीमा पुगे फगत । ५ क्रान्तिकारी नेता त सत्तामा राज, लडाकु दस्ता खाडीमा कामकाज । ६ राज्य सञ्चालनका स्वतन्त्र तीन अङ्ग , देखियाे तिनका चरित्र रङ्ग न ढङ्ग । ७ उत्पत्ति हुने बेला नै जाे दूषित थियाे, व्यवहारले झन अपवित्रता दियाे । ८ देशकाे सम्पूर्ण नियम कानुन संविधान , नेताकाे खल्तीमा जस्ले पढ्याे उसैकाे छ मान। ९ विकासको नाममा प्रगति खै गन्न , जनतालाई ऋणकाे छ भारी टन्न । १० अग्रगमनका नाममा विदेशीलाई खाेले ढाेका , यिनका गतिविधि हेर्दा साउनकै रहेछन् बाेका । प्रद्युम्न चालिसे भक्तपुर