Breaking News

काँग्रेस पार्टीद्वारा शुभकामना आदानप्रदान

By मनासलु

October 29, 2021

गोरखा  । नेपाली काग्रेस गोरखाले दशै, तिहार र छठ पर्वको अबसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालय तिनधारेमा काग्रेसले चियापान कार्यक्रमको आयोजना गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सुरेन्द्र पाण्डे, चीनकाजी श्रेष्ठ, कमला पन्त लगायतका जिज्ल्ला नेताहरु, त्यस्तै नेकपा माओबादी केन्द्र गोरखाका अध्यक्ष लेखबहादुर थापा, नेकपा एमालेकी नेतृ सम्झना देवकोटा, नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादव शर्मा लगायतको सहभागिता रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सुरेन्द्र पाण्डेले काग्रेसले गएको बर्ष कोरोना संक्रमणका कारण कार्यक्रम गर्न नपाएपनि त्यस अघिल्ला हरेक बर्षमा गरिदै आएको कार्यक्रम यस बर्ष पनि देशभर गरिएको बताए । उनले केन्द्रीय समितिको योजना अनुसार गोरखामा पनि शुभकामना आदान प्रदान कार्यक्रम गरेको कार्यक्रममा ५०० भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको जिल्ला सचिव किशोर जंङ थापाले जानकारी दिए ।