कात्तिक १२,गाेरखा । प्रेस सेन्टर नेपाल गोरखाको चौथो जिल्ला अधिबेशनले दानबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको छ । गोरखा सदरमुकाम स्थित हाेटल भिजनमा सम्पन्न भएको अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालले जानकारी दिए । यस अघि गुरुङ प्रेस सङ्गठन नेपाल गाेरखा शाखाकाे उपाध्यक्ष रहेका थिए ।
अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल श्रेष्ठलाई चयन गरिएको संयोजक ढकालले जानकारी दिए । अघिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापामगरले आम श्रमजिवी जनता, सर्वंहारा वर्ग र आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताए ।
थापाले माओवादी पार्टी र सिद्धान्तलाई आम जनतासम्म पुर्याउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अध्यक्ष थापामगरले गोरखामा जिल्लामा माओवादी केन्द्र सवैभन्दा ठूलो पार्टी रहेकाे र अब पनि बन्ने समेत बताए । कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका फ्र्याक्सन इञ्चार्ज लोकप्रसाद बन्जरा (अक्कल) ले सहिद कृष्णसेन इच्छुकले देखाएको बाटोमा प्रेस सेन्टर निरन्तर अघि बढ्नु पर्ने बताए ।
जनयुद्धको समयमा गोरखा जिल्लाबाट अधिवक्ता भएर समेत पार्टीलाई पत्रकारिताको क्षेत्रमा सहयोग पुर्याउदै आएका बेला राज्यबाट बेपत्ता बनाइएका राजेन्द्र ढकालको योगदानको स्मरण समेत गरे । कार्यक्रम प्रेस संगठन गोरखाका फ्र्याक्सन इञ्चार्ज अंकुर तिमल्सिना (आयाम) ले जिल्लामा संगठनलाई थप सुदृढ गर्दै अघि बढ्नु पर्नेमा धारणा राखेका थिए ।
प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका कोषाध्यक्ष राजेन्द्र न्यौपानेले प्रेस सेन्टरले पत्रकारिता क्षेत्रका नेतृत्व नलिदा सम्म पत्रकारिताकाे विकास हुन नसक्ने बताए । कार्यक्रममा प्रेस संगठन गण्डकी प्रदेशका सहसंयोजक दिपक श्रेष्ठ, जिल्ला संयोजक गुणराज रोका लगायतले सम्बोधन गरेका थिए ।