Breaking News

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अध्यक्षमा बाबुराम विक

By मनासलु

October 30, 2021

गाेरखा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गाेरखाकाे अध्यक्षमा बाबुराम विक चयन भएका छन्  । आज गाेरखा जिल्ला सदरमुकाममा भएकाे  शिक्षक संगठन को दोश्रो जिल्ला परिषदले विकलाइ अध्यक्ष छनाैट गरेकाे हाे ।

कुल २९ सदस्यीय जिल्ला कार्य समितिकाे सचिवमा शिव यादव रहेका छन् । भेलालाइ गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरीराज अधिकारीले सम्बाेधन गरेका थिए । साँसद अधिकारीले परिवर्तनका बाहक शिक्षकहरु रहेकाे बताएका  थिए ।

जिल्ला सदरमुकाममा भएकाे भेलामा एक हजार भन्दा धेरै शिक्षकहरु सहभागि रहेका थिए । गाेरखामा अखिल नेपाल शिक्षक सङ्ठनकाे नेतृत्वमा रहेका शिक्षकहरु विद्यालयहरुले सिङ्गाे जिल्लाकाे शैक्षिक विकासमा याेगदान पुर्याएकाे छ ।

समितिकाे बरिष्ठ उपाध्यक्षमा गाेपालबाबु मरहट्टा, उपाध्यक्ष तेज बहादुर नेपाली,गणेशराज शेढाइ, उत्तम बराम, देवकी भट्टराइ, अर्थ सचिव मिन बहादुर नेपाली, सह सचिव सुनिल अर्याल, नेत्रलाल अर्याल, कृष्ण प्रसाद न्याैपाने, सदस्यहरु, कृष्ण प्रसाद पन्त, टिका प्रसाद सिँखडा, तारा बहादुर सुनार, लिला श्रेष्ठ, मदन अँगाइ, अञ्जुला पाण्डे, राम बहादुर अच्छामी, निम प्रसाद ढकाल, भीम कुमार श्रेष्ठ, विकास श्रेष्ठ, माेतिराम खनाल, जीत बहादुर गुरुङ, हुम प्रसाद ढकाल रहेका छन् ।   कार्यक्रम सङ्गठनका जिल्ला अध्यक्ष टिकाराम श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।