पाँच हजार भक्तजनहरुले गरे मनकामनामा पूजा अर्चना

बुधबार, असाेज २७, २०७८

मनकामना । गाेरखा जिल्ला स्थित मनकामना मन्दिरमा महाअष्टमिकाे दिन पाँच हजार भन्दा धेरै भक्तजनहरुले पुजा अर्चना गरेका छन् । अघिल्लाे दिन चार हजारकाे सँख्यामा भक्जनहरु मन्दिर पुगेका छन् । दैनिक तीन हजारकाे सँख्यामा केवलकारकाे बाटाे भएर भक्तजनहरु मनकामना मन्दिर पुग्ने गर्दछन् ।

अघिल्ला दुइ वर्षमा मन्दिरमा पुजा लागेकाे थिएन । त्यस अघि चाडपर्वका समयमा १० हजारकाे सँख्यामा भक्तजनहरुले पुजा गर्ने गर्दथ्ये यस वर्ष आधा सँख्या अर्थात ५ हजार भक्तजनहरुले पुजा गरेका मूल पुजारी इन्सान थापा मगरले बताए ।