असल शासन कायम गराउन सूचना माग गर्ने गराैँ

मङ्लबार, कार्तिक २, २०७८
गाेरखा । सूचना भन्ने वित्तिक्कै जान्न चाहेकाे विषयकाे विस्तृति भन्ने बुझ्नु पर्दछ । स्वदेशमा हाेस् या विदेशमा , सबै ठाउँमा बसेर सूचना माग गर्न सकिन्छ । सूचनाकाे हक सम्बन्धी दफाकाे प्रयाेग गरि इमेल मार्फत सूचना माग गर्न सकिन्छ । ए फाेर साइजकाे पेपरमा दश पेज सम्मकाे सूचना निशुल्क पाइन्छ । सूचना माग गरेकाे ७ अाैँ दिन सम्म पनि सूचना प्राप्त नभए आठाैँ दिनका दिन सूचना आयाेगमा पुनरावेदन गर्नुपर्दछ ।
तपाईंहरु सबैले हप्ताको एक घन्टा समय मिलाएर आफ्नो स्थानिय पालिकामा सूचना माग गर्नुहाेस् ।  अन्य स्थानीय पालिका मा र जिल्लामा सूचना माग गर्नुहोला । खानेपानी समस्या समाधान होस वा बाटोघाटो पुल निर्माण सबै बिषयमा सूचना माग गरेर आफू जान्ने मात्र होइन कि हरेक कुरा नागरिकलाइ दिन पर्छ भन्ने सामाजिक मान्यता स्थापित गर्नको लागि पनि अब लिखित रुपमा सूचना माग गर्नुहोला ।
स्वास्थ्य चौकी, अस्पताल, सहकारी , आमा समूह, टोल बिकाश संस्था , सरकारी बिध्यालय , बोर्डिङ्ग, बैंक , सहकारी सबै ठाउमा अब बिदेशमै बसेर इमेल मार्फत सूचना माग गरि सुशासन लाई प्रवर्दन गर्नुहोस ।
तपाइलाइ यो काममा नि:शुल्क निम्न साथिहरुले सहजिकरण गर्नुहुनेछ । नजानेको कुरा कुनै पनि समयमा सोध्न सक्नुहुनेछ । अफलाइन अनलाइन मेसेज मार्फत इच्छुक साथिहरु सम्पर्क मा आउनुहोला उहाहरुले हजुर हरुलाइ सिकाउनुहुनेछ । सूचनाको हक के हो ? कसरी माग्ने ?  किन माग्ने ?  यो मागेर के हुन्छ ? सबै कुरा उहाहरुले सिकाउनुहुन्छ । तपाइले सूचना माग गर्नुभयो भने बजेट को सदुपयोग हुने सम्भावना बढ्ने लगाएत बिबिध कुरा हुन्छ जुन देश बिकाश मा देश निर्माण मा सहयोगी बन्छ । निम्न साथी हरु संग नि:शुल्क सहयोग लिनुहोला ।
सूचना हकका अभियान्ता तारानाथ दाहाल भन्नुहुन्छ सूचनाको हक सार्वजनिक निकायमा रहेका सूचनाहरूमा नागरिकको पहुँच बढाउने अधिकार हो । यस अधिकारलाई दुई किसिमले अभ्यास गर्न सकिन्छ ।
पहिलो– सार्वजनिक निकायहरूले नै आफ्ना महत्वपूर्ण सूचनाहरू स्वस्फूर्त रूपमा निश्चित समयावधिमा सार्वजनिक गर्ने । खुला तथ्याङ्कको सैद्धान्तिक मान्यता यसै स्वस्फूर्त सार्वजनिक गरिने सूचनासँग जोडिएको छ ।
दोस्रो– नागरिकले आफूलाई आवश्यक परेको सूचना निवेदन दिएर माग गर्ने र त्यस्तो सूचना सार्वजनिक निकायहरूले निशुल्क र सहज उपलब्ध गराउने हो ।
(१) https://www.facebook.com/aadurga804 भाइबर नम्बर 9861183732 दुर्गा आचार्य
(२) https://www.facebook.com/kailash.majhi.568 भाइबर/व्हाट्स अप नम्बर 9819934126 कैलाश माझि
(३) https://www.facebook.com/nodanath.trital व्हाटस अप 9852090103 नोदनाथ त्रीताल
(४) https://www.facebook.com/abhagi.xori.54 भाइबर/व्हाटस अप 9864332227 प्रमिला पाठक
(५) https://www.facebook.com/sambidhan.lamichhane व्हाटस अप 9856080088 संविधान लामिछने (६)https://www.facebook.com/samjhana.paudel.372 भाइबर 9826157421 सम्झना पौडेल (७)https://www.facebook.com/sudip.jhapa सुदिप गिरि (८)https://www.facebook.com/profile.php?id=100008122664642 भाइबर/ व्हाटस अप 9806065647 इस्वरा तिवारी
नेपाल भित्र रहेका साथी हरुलाइ भने सबै प्रदेश मा रहेका सूचना अभियन्ता साथी हरुले सिकाउनुहुनेछ जस्को लागि प्रदेश अनुसार का साथी हरु येसप्रकार हुनुहुन्छ ।
(१ ) प्रदेश नम्बर १ को लागि Raju Shrestha https://www.facebook.com/rajusthRTI मोबाइल 9842085979
(२) प्रदेश नम्बर २ को लागि सन्तोष पाण्डे https://www.facebook.com/profile.php?id=100004164605956 मोबाइल 9855045990 ३) बाग्मती प्रदेश को लागि शर्मिला पन्डित https://www.facebook.com/sarukali.pandit मोबाइल 9845053443
(४) गन्डकी प्रदेश को लागि Bishesh Panta https://www.facebook.com/special.panta मोबाइल 9856072673
(५) लुम्बिनी प्रदेश को लागि वसन्त बन्जाडे https://www.facebook.com/bjbanjade मोबाइल 9857050300 (६) कर्णाली प्रदेश को लागि खगेन्द्र भट्टराइ https://www.facebook.com/khagendra.bhattari मोबाइल 9858051871
(७) सुदुरपस्चिम प्रदेश को लागि प्रेम ढुङाना https://www.facebook.com/profile.php?id=100011988166565
नेपाल भित्र सूचना माग सम्बन्धी जुनसुकै समस्या आएपनी ( यी सबै प्रदेश का को लागि ) Ajaya Kumar Sah https://www.facebook.com/ajayakumar.sah मोबाइल 9842828084
इमेल ठेगाना कहाँबाट लिने भन्ने अन्याैल छ तपाइँमा भने तपाइँले गुगलमा गएर सूचना माग गर्न चाहेकाे पालिका,नगर उप महानगर, महानगर र कुनैपनि सरकारी कार्यालयकाे वेवसाइटबाट लिन सक्नुहुनेछ । तपाइँले सूचना माग गरेकाे बाेधार्ध सम्बन्धी जिल्लाकाे जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयाेगमा समेत पठाउने गर्नुहाेस् । बाेधार्थ पठाउँदा यहाँले सूचना माग गरेकाे कुरा सबैलाइ थाहा हुन्छ, सूचना समयमा प्राप्त भएन भए थप कानुनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाउन सहज हुनेछ ।