सात घर पुरिँदा २३ जना बेपत्ता

मङ्लबार, कार्तिक २, २०७८

बझाङ । जिल्लाकाे थलारा गाउँपालिका वडा नम्बर ४ डिख्ला  गाउँमा गएराति पहिराे जाँदा ७ घरका २३ जना नागरिकहरु बेपत्ता भएका छन् ।

गाउँ माथि रहेकाे ढाेगदिना भन्ने ठाउँबाट पहिराे खस्दा दुइ वटा गाउँका सात घर पुरिएका हुन् । बेपत्ता हुनेहरुमा एकै घरका गगने सार्कीका १८ जना र नरे सार्कीका ५ जना रहेका छन् । गगने सार्कीका माइला छाेरा खपटे सार्की राेजगारीकाे सिलसिलामा हाल भारतमा रहेका छन् ।

माथिल्लाे डिख्ला र तल्लाे डिख्ला गाउँका अन्य विस्थापितहरु हाल त्रिभुवन मावि महेन्द्रधारमा बसेका छन् ।  पहिराेले विस्थापित भएका मानिसहरु विद्यालयमा आश्रय लिएर बसेकाे पाडा काट्ने गाउँका शिक्षक मदन बहादुर साउदले जानकारी दिएका छन् ।