मान्बुमा ट्रक पल्टिदा चालककाे मृत्यु दुइ जना घाइते

बिहिबार, कार्तिक ४, २०७८
तस्वीर : विर्ख बहादुर गुरुङ

कात्तिक ४ , गोरखा । गोरखाको आरुघाट गाउँपालिका-१ मान्बु स्थित माझगाउँमा गएराति ११:३० बजे बा ५ ख १२३१ नम्बरको मिनी ट्रक दुर्घटना हुदाँ ट्रक  चालक धादिङको गंगाजमुना गाउँपालिका घर भएका मनोज श्रेष्ठको मृत्यु भएको छ । ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।  ३५ बर्षिय राजकुमार गुरुङको अवस्था सामान्य रहे पनि उनकी छाेरी  ३ वर्षिय दिव्या गूरुङको अवस्था चिन्ताजनक रहेको प्रहरी निरिक्षक सन्त बहादुर लामाले बताए ।

आरुघाट बजारबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको  ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हुनसक्ने स्थानीयले गणेश दाहालले जानकारी दिए ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दशैँ अघि स्थानीयले कुटाे काेदालाे प्रयाेग गरेर पहिराे हटाएकाे उक्त सडककाे छेउ भासिन जाँदा ट्रक डुण्डुरे खाेलामा खसेकाे स्थानीय विर्ख बहादुर गुरुङले जानकारी दिएका छन् ।