गाेरखकाली खेल मैदानमा फूटवलकाे उत्सव, खेलमा युवाहरुकाे भिडन्त

आइतवार, कार्तिक १४, २०७८
गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १३ स्थित गाेरखकाली खेल मैदानमा फूटवलकाे उत्सव सुरु भएकाे छ । आइतबार देखि सुरु भएकाे खेलमा ४५ टिमकाे सहभागिता रहेकाे आयाेजक रामशाह युथ क्लवले जनाएकाे छ ।
उद्घाटनकाे पहिलाे दिन तिन खेल भएका थिए  । रामशाह युथ क्लव र विवाइसि चण्डी भञ्जयाङ वीच भएकाे खेलमा पेनाल्टी सुट आउटमा रामशाहले ३ र चण्डी भञ्ज्याङले १ गाेल गरेका थिए  । हाेमिज एफसीले २ गाेल गर्दा धाैलागिरी मुग्लीन शुन्य र याेङस्टार क्लवले ३ गाेल गर्दा आेसन क्ववले १ गाेलमा चित्त बुझाएकाे थियाे ।
खेलमा सहभागि खेलाडिहरु
साेमबार भएका खेलमा रामशाह युथ क्लवले  वालशिक्षा सदनलाइ ३-०, चिसापानी आँवुखैरेनीले याङकाेट युथ क्लवलाइ ६-०,  त्रिवेणी युथ क्लवले न्यु स्टार युथ क्लव ढकालटारलाइ ३ – २, धारापानी एफसी गाेरखालाइ न्यु बुद्ध युथ क्लव डुम्रेले ३ – १,टि जि आे अाँबुखैरेनी द रेनबल युथ क्लव ८ – ०, चन्द्रमुखि युथ क्लव सात्दाेवाटाे र गाेरखा त्रिवेणी युथ क्लव करनटार २ – ०, राइजिङस्टार युथ क्लव १० किलाे र एन जी वि वाइ सि पालुङटार नाै २ – १, मार्किचाेक मर्स्याङ्दी पाेल्ट्री र याेङव्वाइज एफ सी काठमाण्डाै ३ – २, एम वाइ सी आँवुखैरेनी र भीमसेन युथ क्लव भन्सार १ – ० अ‌ङ्क ल्याइ आ  आफ्नाे स्थान सुरक्षित गर्न सफल भएका छन् ।
मँगलबार विहान ७:१५ बाट खेल सुरु हुने आयाेजकले जनाएकाे छ । खेलमा पहिलाे भिडन्त त्रिवेणी युथ क्लव र आरुवाेट युथ क्लव विच हुनेछ ।
 दाेस्राे खेल याङकाेट युथ क्लव र आँवुखैरेनी भेटेरन वीच , तेस्राे खेल कुडर फुटवल क्लव र विमलनगर, चाैँथाे मनकामना र गाेप्लिङ विच प्रतिष्पर्धा हुनेछ ।
 पाँचाै खेल  मिलनटाेल युथ क्लव पालुङटार ८ र ढाँडबारी फुटवल क्लव विच हुनेछ । छैँठाैँ खेल सत्रसय मित्रता र लिडिङ लाइट्स युथ क्लव पालुङटार, साताैँ खेल अल स्टार फुटवल क्लव र दमाैली वीच हुनेछ ।
आठाैँ खेल मर्स्याङ्दी युथ क्लव गाेरखा र ग्रिनलाइट्स युथ क्लव ढुङ्गेटारी विच हुनेछ । नवाै खेल असल युथ क्लव र उर्जासित युव क्लव ११ किलाे र दसाैँ खेल आँवुखैरेनी फुटसल र रामशाह युथ क्लव वीच हुने आयाेजकले जानकारी दिएकाे छ ।
 स्व. काजि भुजेल र स्व. सोम ब गुरूङको  स्मृति फुटवल प्रतियाेगिता भएकाे हाे ।