टुक्काकार दस्ता कौशिकका १०४ टुक्का कविताहरु

सोमवार, कार्तिक १५, २०७८

१.
किन तिमी विश्वासमा परेको
झुटो थियो भर किन गरेको ।
२.
बैँस आयो उमङ्ग भरेर
गए मेरा सपना मरेर।
३.
आगो होइन मायाले पोलेको
तिम्रो यादमा मुटुले बोलेको।
४.
जे गर्नु थ्याे गरेको छ राम्रो
अघि बढ्नु प्रगति हो हाम्रो ।
५.
कति राम्रो विचार बोकेको
मिल्ने साथी आफैँले टोकेको ।
६.
रङ्गीचङ्गी फूलहरु फुलेका
कति धेरै मन यहाँ भुलेका ।
७.
पहाड माथी बादल लागेको
डुब्यो जीवन कसम खानेको ।
८.
घरको छानो खरले छाएको
उमेर छदै पिरती लाएको ।
९.
बिताउ सधैँ जिन्दगी हाँसेर
लगाउ माया पिरती गाँसेर।
१०.
सुख दुख नसाेध्नु है कसैले,
खुसी गरि बसाेस न रसैले ।
११.
छैन मैले तिमीलाई ढाटेको
विश्वास थ्यो र जिन्दगी काटेको ।
१२.
सोझा सँग नबोल्नु ठगेर
राम्री छैन नभन्नु लगेर ।
१३.
वीरको छोरो खुकुरी भिरेको
लडाइ गर्न भनेर हिडेको ।
१४.
कहिल्यै पनि मर्दैन चाहना
पुरा नभई नगर्नु बाहना ।
१५.
हेर्दा हेर्दै जिन्दगी सकियो
साठ्ठी हुँदै सत्तरी काटियो ।
१६.
तिता-मिठा सपना बोकेर
मर्नुपर्ने जिब्रो पो टोकेर ।
१७.
बाँच्दा खेरि केही देख्न पाइन्छ
मन पर्नेलाई माया लाइन्छ ।
१८.
कुदे घर सकियो भनेर
तिम्रो प्यारो जिन्दगी बनेर ।
१९.
टुटे दिल आउदैन फर्केर
दुख्छ मुटु एकैछिन चर्केर ।
२०.
गर तिमीले भनेर हुदैन
नजान्नेले गाई-भैंसी दुदैन ।
२१.
मरे भने जिन्दगी नभन्नु
संधैभरी यादले नगन्नु ।
२२.
मेरो प्यारो पैसामा रमायो
स्वार्थी भयो ठगेर कमायो ।
२३.
बाँचे भने सम्झेर म आउला
तिमी संगै साथमा रमाउला।
२४.
झिल्के आयो देखायो सपना
बाँचुन्जेल छ्दै छ सम्झना ।
२५.
गयो जीवन तिमीलाई सम्झेर
कति तड्पिउ फोगटमा भाे खेर ।
२६.
फूल फुल्यो बेलि र चमेली
हिजो भन्दा आज छ्यौ उजेली ।
२७.
गाउँ सबै पहिरोले बगायो
रक्सी खानेले मलाई फसायो ।
२८.
हिड्दा हिड्दै बाटोमा छेकियो
भने जस्तै सुन्दरी भेटियो ।
२९.
सुक्यो मुटु सकियो कहानी
हेर्दा हेर्दै बितेछ जवानी ।
३०.
सधैं मलाई सतायो पिरले
औंला काम्छन साहुको ऋणले ।
३१.
आँखा बाट आँसु नै झरेछ
सधैँ भरी दुखमा परेछ ।
३२.
गीत गाए लेकाली भाकामा
प्रीति लाए मायालु आँखामा ।
३३.
लत बस्यो चुरोट,गाँजाकाे
लुक्दै खान्छु स्वतन्त्र नभाकाे।
३४.
बस्यो माया मुटुको माझमा
बस्नु छैन कसैको साथमा ।
३५.
गाडी गुड्ने सडक खनेको
चल्यो भने चढु म भनेको ।
३६.
चल्यो हावा रिवन हल्लायो
हेर्दा हेर्दै जीवन अस्तायो।
३७.
झिल्के दाइले मादल बजायो
मतानेले फुटाउन लगायो।
३८.
पर्ख्यौ भने आउला म फर्केर
आउछु पक्कै नहिड तर्केर।
३९.
आफ्नो चाहिँ जिन्दगी बनायो
इष्ट मित्रलाई संधै सतायो।
४०.
इतिहासको पुरानो कथा यो
पढ्नेलाई त भुतुक्कै बनायो ।
४१.
बिर्सनेको नराख सम्झना
सम्झ्यो भने बढ्ने हो कल्पना ।
४२.
नक्कलीको न माया न भर
धोका हुन्छ विश्वास नगर ।
४३.
निष्ठुर सँग के माया लगाउनु
लगाउनेले सुटुक्कै भगाउनु।
४४.
जालमा पारी भँगेरो मारुला
काटिकुटी छाक पनि टारुला।
४५.
हिडे पछि नहेर्नु फर्केर
समय बित्छ नरुनु पर्खेर।
४६.
सुख दुख जिन्दगी चलेको
इश्वरले भाग्य नै छलेको ।
४७.
खाँदा मिठो बोटमा फलेको
रीतिथितीले सारा चलेको।
४८.
गोप्य कुरा कसैलाई नभन्नु
संगिनीको तारो चाहिँ नबन्नु।
४९.
गर्नेले त गर्छु म भन्दैन
कुरा सुन्नु कसैले गन्दैन ।
५०.
आधा जीवन अधुरो जल्दैछ
बिना साथको जिन्दगी चल्दैछ ।
५१.
मनको राजाले आँसु बगायो
छुट्नु रैछ म्वाई खान लगायो।
५२.
भएन भने भाग्यमा किस्मत
जस्तो चलोस नगर्नु बिस्मत।
५३.
मखमली वैलिएर जादैन
कालले मिति नपुगी लादैन।
५४.
आकाश बाट बोलायो चरीले
केही सुनिन साउने झरीले।
५५.
संसार धुलो बनायो हुरीले
विचराको ज्यान गयो छुरीले।
५६.
विचार गर्नु सोह्र र सत्रमा
रातमा मात्रै चम्किन्छ चन्द्रमा।
५७.
समायौ हात मायालु भनेर
दिलमा बस्यौ जिन्दगी बनेर।
५८.
शत्रु आउँदा हेरेर नबस्नु
मित्र पाउदा खरानी नधस्नु।
५९.
हेर्नू हिमाल कौसीमा बसेर
फेर्नु मुहार उन्नति गरेर।
६०.
धमिराले खायो रुख मकायो
बतासेले बुढी माउ फकायो।
६१.
हाकिम भयो कैलेले सतायो
हेर्दा हेर्दै पेन्सन नै पकायो।
६२.
निष्ठुरीले मेरो मन जलायो
कुर्दाकुर्दै पागल नै बनायो।
६३.
बजाए तर बजेन बिनायो
तिम्रो कर्तुत अर्कैले चिनायो।
६४.
यस पालिको पानीले के गर्यो
खेतीपाती देखेर मन मर्यो।
६५.
तारा जस्तै कुनै दिन चम्किनु
भाग्य खोज्न हरक्षण लम्किनु।
६६.
सम्झिदा मन डढेलो लागेको
विवाह गर्छु भनेर भागेको।
६७.
वीरको छोरो तीरले मर्दैन
तिम्रो नयन आँसुले भर्दैन।
६८.
कहाँ गएर जिन्दगी बनाउ
कसरी म आमालाई हँसाउ।
६९.
आँखाले मात्र देखेर हुँदैन
कर्ममा लेखेर दुग्ध दुदैन।
७०.
हुरी , बतास पहाडी पाखामा
कस्तो मिलन दोहोरी भाकामा।
७१.
चल्यो बतास उडायो रिबन
माया नलाइ चल्दैन जिवन।
७२.
यादमा फसेर पनि बस्दिन
माया नलाइ खरानी घस्दिन।
७३.
पानी बिना असिना त झर्दैन
विदेश गए नि माया मर्दैन।
७४.
साथमा आउ नछुट भनेको
मेरो प्यासको मित्र खै बनेको ।
७५.
मिठो यादमा फसायो मलाई
हतियार झैँ बनायो तँलाई ।
७६.
रक्सी खाए रे सिँगाने केटाले
देश बेचे नेपालका नेताले ।
७७.
चिठ्ठिको भर पर्दिन म पनि
लेखिरहेछु सम्झिदै जीवनी ।
७८.
दिलको घाउ एक्कासी चिलायो
क्षितिजमै मेरो मन बिलायो।
७९.
मलाई सँधै सम्झिने कहाँ गयो
भुत नै जस्तो दुरुस्त छ के भयो।
८०.
रसमा भुल्दै डुल्दैछ माहुरी
माया लगाउ भन्दिन चाउरी ।
८१.
लगायौ दाग तिमीले मलाई
छाड्यौ किन पागल बनाई।
८२.
वनको बाटो सितल त्यसैछ
फकाउ लाटी गाउँमा छदैछ।
८३.
बिचरीको मन रुने कहानी
पर्दा अभर नबेच्नु जवानी ।
८४.
बाढी आयो माछीलाई बगायो
सुकुल गुन्डोले केटी भगायो।
८५.
भ्यागुतोले दुई पैसा कमायो
छेपारोले राम्रो घर बनायो।
८६.
मलाई तिम्रो यादले सतायो
माया-प्रेमको नशाले मतायो।
८७.
ढुकुर्नीलाई तामेले बोलायो
देख्दा कठै!कुकुर नै टोलायो।