घरी तड्पिन्छु बल्झिएर घाउ ।। घरी निसासिन्छु बल्झिएर घाउ ।।

सोमवार, कार्तिक १५, २०७८

घरी तड्पिन्छु बल्झिएर घाउ ।।
घरी निसासिन्छु बल्झिएर घाउ ।।

शरद निम्तियो, बर्षाद सकियो ।।
निन्द्रामै गर्जिन्छु बल्झिएर घाउ ।।

सम्झनामा बिभोर हुने थाले छु ।।
अतित सम्झिन्छु बल्झिएर घाउ ।।

गिज्याइ रहेछ महफिलले पनि ।।
याद पठाई दिन्छु बल्झिएर घाउ ।।

ओइलायो’नि मखमली मुटु भित्र ।।
र पो भौतारिन्छु बल्झिएर घाउ ।।

लोचन ‘फूलको थुँगा’