सक्रव टाइफसबाट गाेरखाका एक नागरिककाे मृत्यु

मङ्लबार, कार्तिक २३, २०७८

गोरखा । गोरखामा एक जना नागरिककाे स्क्रब टाइफसका कारण उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका ६ को थापाटार निवासी ६७ वर्षका उदयबहादुर थापा रहेको चितवन मेडिकल कलेजले जनाएको छ । उपचारका लागि गाेरखा अस्पताल ल्याइएकाे उनलाइ गाेरखा अस्पतालमा उपचार हुन नसके पछि चितवन रिफर गरिएकाे थियाे ।

खेतको काम सकेर घर फर्कने क्रममा एक्कासी उच्च ज्वरो र कमजोरी देखिएपछि गोरखामा उपचार गरि घर फर्किएका थापालाई ज्वरो आउन कम नभए पछि १९ गते गोरखा अस्पतालले थप उपचारका लागि बाहिर लैजान रिफर गरेको थियो । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारको लागी लगिएको पुर्याइएको भएपनि उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

बिरामी थापाको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा १९ गते मृत्यु भएको थियो । भीमसेन थापा गाउँपालिकामा स्क्रब टाइफस अन्य बिरामीहरु फेला नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।  केही महिना अगाडी मात्रै गोरखाको आरुघाट गाउँपालिकामा ३५ जना सो रोगले संक्मण पछि निकाे  भएको थियो ।