आमा भन्छिन नुन चाहिने जीरा चाहिने श्रीमती भन्छे सुन चाहिने हिरा चाहिने

बिहिबार, कार्तिक २५, २०७८

आमा भन्छिन नुन चाहिने जीरा चाहिने
श्रीमती भन्छे सुन चाहिने हिरा चाहिने

मेरो गाउँलाई होइन तिम्रो शहरलाई हो,
ब्युँझिन अलार्म निदाउन मदिरा चाहिने

यस्तो छ यो दुनियाँ घरमा श्रीमती हुन्छिन,
बाहिर – बाहिर मीरा चाहिने नीरा चाहिने

कसले कसलाई धोका दिएको हो यहाँ,
कसलाई हो मुटुको चिरा चिरा चाहिने?

मलाई कमजोर बनाउन धमिरा पठायौ,
मेरो विशेषता म बलियो हुन धमिरा चाहिने
✍️नरेन्द्र बिष्ट समाकुल