अपराध/ दुर्घटना

ट्रिपर चालक रुखमा झुण्डिएकाे अवस्थामा भेटिए

By मनासलु

November 09, 2021

भिमसेनथापा गाउपालिका वोडा नम्बर ८ अन्तर्गत अमलाभन्ज्याङ्ग भन्दा तल जौबारी निबासी   टिप्पर चालक वर्ष २१ का सिताराम राेका रुखमा झुण्डिएकाे अवस्थामा फेला परेका छन् ।

राेका कार्तिक २० गते भाइटिकाको दिन देखि हराइरहेको र आज चार दिन पछि घर नजिकै रहेकाे खोल्सामा रुखमा झुन्डिरहेको फेला परेको हाे । के कति कारणले उनी रुखमा पुगे भन्ने कारण खुलेकाे छैन । घटना स्थलमा प्रहरी भर्खरै मात्र पुगेकाे छ ।