[१] १. आजको दिन सबैको मङ्गलमय बनोस् भन्छू र मलाई पनि अरूले यही भनोस्। २. अस्थिपन्जर कहिल्यै सक्दैन बोल्न श्वास फेर्न अनि मनको कुरा खोल्न। ३. कङ्काल ले हिजो उस्तै श्वास फेर्यो होला, हाम्रो पनि मांसपेशी गली जाने चोला। ✍️ पौडेल विमुन्स
[२] १. मासु बेरी व्युझिने छ अब कङ्कालले, परि झै रुप तिम्राे नागबेली चालले। २. मनै काम्ने डरलाग्दा निर्जीव हुन् तर, शक्ति छैन कङ्काल हुन किन लाग्छ डर। ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी
[३] १ म मरेछु भने नगराउनू होला बेहाल बाँकी रहने त त्यही हो आखिर कङ्काल। २ मलाई नहेर्नू आउँछू कङ्काल बनेर, तिमी हौ साँच्चै मेरो असल साथी भनेर। ✍🏻 पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३ काभ्रे
[४] १. छोपिएर बसेको हुन्छु रगत मासु छाला, यिनकै रक्षा गर्दागर्दै मेरो जीवन जाला । २. मेरै अाड भरोसामा मान्छे चल्छ जहातहाँ , मासी खान्छु हाँसी हाँसी बलियो हुँदैछु यहाँ । ३. अरु मरुन म बाहिरका जो जो थिए साथी , अस्थिपन्जर बन्छु म अन्याय गर्छै म माथि । ✍🏻 होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[५] १. खै त अन्याय बिरूद्ध चरक-भरक? कङ्काल र जनतामा छैन् केही फरक। २. अस्थिपन्जर जस्तै बनायो हाम्रो देश, भ्रष्टाचारी जति मिलेर नै पार्यो शेष। ✍🏻 अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
[६] १. अस्थिपन्जर मात्रै रह्यो छाला मासु गयाे , फाेस्राे शरिर पढाईकै हिस्सा हुने भयो । २. कङ्कालकाे लेखाजोखा विज्ञान मार्फत गर्छ, शरीर विज्ञान विषयमा पुरा पढ्नुपर्छ । ३. नत जीउ सग्लाे पुष्ठ छ नत प्राण हुन्छ , नत बाेल्न सक्छ उसले नत कान सुन्छ । ४. उपयोगी जिनिसकाे छ दर्जा पाएकै , पञ्चतत्व गुमाएनी छ काम अाएकै । ✍🏻 रामकृष्ण दुवाडी पाेखरा ।
[७] १. हेर्नै सक्दिनँ दु:ख लाग्छ म के गरुँ, जता हेर्यो उतै ज्युँदा कङ्कालहरू। २. सुस्त बोल्छन् सारङ्गीझै पेट लिएर, सुस्केरा हाल्दै आँखाको आँसु पिएर। ३. निर्जीव भनूँ भने श्वास हुन्छ चलेको, प्राणको बत्ति धिपधिप देख्छु बलेको। ४. आशासँगै मांसपेशी गलेका अस्थिपन्जर, उजाड उराठ कहालीलाग्दो भूमि बन्जर। ✍🏻 वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[८] १• बाहिर मांसपेशी भित्र कंकाल, अचम्मको छ मानवीय जंजाल। २• शरीरको आकार प्रकार दिने, मांसपेशी झिकिदिए सातो लिने। ३• जिउँदो छॅदा कंकालै चाहिने, सुरक्षा अनि बनोट पाइने। ✍🏻 घनश्याम पौडेल सृजना चोक, पोखरा
[९] १. ए मानिस म पनि तिमी जस्तै थिएँ, तर बाध्यताले त्यो चोला त्यागदिएँ। २. न ठोक खुट्टाले सम्मान गर्न सिक, बुझ जेठो हुँ नपत्याए पात्रो झिक। ३. समय वलवान हुन्छ मै पनि नाच्थे गाउँथे, तिमीलाई हिंड्न सिकाउँन म हाथ समाउँथे। ✍🏻 सुरेशकुमार पान्डे, दाङ घोराही-१८
[१०] १ वर्णन के गरूँ बाहिर मांसपेसिले भरिएको, भित्रको झन् बयाँन के गर्नू कंकाल ठडिएको। २ एक एक कंकाल जोडिएर शरिरको बनावट बनेको, यही मांसपेशीमा धेरै दखल दिँदा पुरै शरीर गलेको। ३. जबसम्म जिँउदो हुन्छौँ मांसपेसी र कंकालको रक्षा गरूम्, हामीलाई चाहिने पोषिलो आहारले शरिरको अङ्ग भरूम्। ✍🏻 कमला पाण्डे पराजुली झापा चारआली
[११] १. चोक्टा चोक्टा लुछेर खाई देशलाई कंकाल बनाउन, कति लाग्छौ, अघाएनौ र! आफूलाई राक्षसै जनाउन । २. सुन्दर शरीर, सुन्दर मुहारको के घमण्ड गर्ने ! कंकाल नै छ भित्र, वास्तविकता सबले बुझ्नै पर्ने । ✍🏻 रचना शर्मा प्रतीक्षा, ललितपुर
[१२] १ देह ढल्छ मासु गल्छ आत्मा चल्छ कहीँ पर रहेछ मानिसको आखिर कङ्काल नै घर । २ शिशिरले लुट्यो जवानी छोड्यो पारेर अभर कठै धर्ती प्राणबिनाको लाग्दछ अस्थिपञ्जर । ३ न आत्मा नत छ सजीव चेतना या तातो यौवन बोल्दैन, हाँस्दैन कङ्काल हो हुँदैन यसमा मन । ✍🏻 श्रीकृष्ण शर्मा, पोखरा
[१३] १, हड्डी हड्डी मिलिकन एउटा कंकाल बन्छ, त्यही कंकाल भित्र मांशपेसी हरू रहन्छ। २, कंकाल मांशपेसी मासु छाला मिसिएर मान्छे हुन्छन्, त्यही मान्छे मरेपछि सबै घरका धुरुधुरु रुन्छन्। ✍🏻 लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
[१४] १. छालाभित्र मासु, मासुभित्र नशाको जञ्जाल, नशाको जञ्जालभित्र, छ उभिएको कङ्काल । २. भित्री आँखाले आफैभित्र हेरी बिकार फाल, नत्र आत्मा बिनाको रहनेछ खाली कङ्काल । ✍🏻 गोपाल कृष्ण डङ्गोल, इटहरी
[१५] १. शरिर भित्र हुन्छ कङ्काल, बाहिरी अंङ्ग तिमी पखाल। २. हालको छोटो दिन, सकिन्न लेख्न किन । ✍🏻 भगवती दवाडी, झापा
[१६] १. मासु छालाले जेलिएको छ सारा जञ्जाल त्यसै भित्र हाड जोर्नीमा मिलेको कङ्काल। २. मुटु कलेजो बस्छ सुरक्षित कङ्काल भित्र हेर्दा कति अचम्मको देखिन्छ अनौठो चित्र । ✍🏻 तारा घिमिरे, संखुवासभा
[१७] १. गिद्धले सिनो खाए झैँ लुछेर खाए नेपाल देश बचाउन जाग्नै पर्छ रहेको कङ्काल । २. ज्युँदाहरूले पो! सकेनन् कतै उज्यालो बाल भ्रष्ट र नमक हरामलाई उठा कङ्काल । ✍🏻 रिजाल विनोद बेलबारी ०२, मोरङ
[१८] १. हाम्रो शरीरकाे अङ्ग आकार बढाई दिने, अनाैठाे शारीरिक प्रकार परिर्वत लिने। २. जिन्दगी भरि याे कंङ्काल भन्ने चिज चाहिने, शारीरिक बनाेटमा नै परिवर्तन पाईने। ✍🏻 सहयात्री शाेभा अर्याल रूपन्देही ,बुटवल
[१९] १. थरि थरि नेता मिलेर सिध्याइसके हाम्रो यो नेपाल , निदाएर नबस बिउँझेर अब अघि बढ हे कंङ्काल । २. न्यायलयमा छैन न्यायको त्यो सत्यचाल , सत्यको न्यायलाई खोज्न उठ हे कंङ्काल । ✍🏻 बेदु न्यौपाने काठमाडौ
[२०] १. टीठनै लाग्ने छाला मासुले बनेको जञ्जाल , तत्वले घेरि लुकेर बसेकोछ कङ्काल २. जनईन्द्रियलाई आँखाले हेर्दे रमाउने , आत्मा सरिको भरि कङ्कालहो समाउने। ✍🏻 दुर्गा आचार्य, मोरङ्ग
[२१] १. कंकालै त हो मानव बस! केही अवयवहरू थपिए सोही अवस्थाको छ कल्पना गर्नु यदि यो जीवन सकिए। २. कंकाल माथि उनले हड्डी, मासु, छाला एवं श्वास भरे कृतघ्न हुन्छौं हामी यदि ईश्वर माथि अनादर गरे। ✍🏻 परिक्रमा श्रेष्ठ, धरान
[२२] १. अस्थी दिन्छ , प्राणीको आकार , जुनी पाराैँ, हामीले साकार । २. दुब्लाएर हाडखाेर देखियो , प्राण लान किन काल छेकियाे ? ३. अस्थीयुक्त दह्रो घर हाम्रो , भत्किजाँदा साह्रै नै नराम्रो । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२३] १ कस्तो कुरूप देखिन्छ त्यो हेर्दा कङ्काल व्याख्या वर्णन उस्तै गर्छन् हाम्रा सञ्जाल २ अस्थिपन्जर, हाडखाेर प्राणीहरूका फ्रेम मांसपेशी र सास हुन्जेल पलाउँछ प्रेम ✍🏻 त्रिलोचन भण्डारी मेचीनगर,झापा
[२४] १. मासु र छाला बिहीन हुन्छ नि कङकाल त्यसैमा श्वास मासु भए हिड्थ्यो संसार। २. प्रकृतिले बनाएको आकार हो कङ्काल नसा हाड जोर्नी मिली बन्द्छ नि जन्जाल। ✍🏻 गोमा गुरागाँई पोखरेल, इटहरी
[२५] १. मरेपछि शरीर त गल्छ आत्मा उडी जान्छ कहीँ कतै कङ्काल भेटे सबको सातो लान्छ। २. जन्मिएपछि हुर्किन्छ अनि बुढो हुन्छ मर्छ आत्मा उड्छ शरीर गल्छ कङ्काल भित्र पर्छ। ✍🏻 अभागी ललिता , सिन्धुली
[२६] १. नेता मिलेर सिध्याउन लागे हाम्रो नेपाल इनै लाई आउनु पर्ने छिटै नै माहाकाल। २. नेताहरू मिलेर सोचेका हुन् चाल, सबैलाई हान्नु पर्छ कंङ्काल जाल। ✍🏻 प्रेम सुनार, दैलेख
[२७] १. लुगाभित्र नाङ्गो मान्छे मासुभित्र कङ्काल, माया प्रेम व्यापार ठान्छ सम्पत्ति अङ्गाल। २. मुलुकको राजनीतिमा नरकङ्काल देखियो कुम्लाएर देश भत्काउनेको पो गाथा लेखियो। ✍🏻 भूषण जंग, अष्ट्रेलिया
[२८] १. हिमाली छटाको सुधा पान गर्ने मजाले सबैको हृदी ध्यान हर्ने। २. अँगालौं भने थेँ तुनामा फसेछु म कङ्काल मात्रै मजाले कसेछु। ✍🏻 कृष्णदेव रिमाल