साहित्य

शहरका मान्छे कसरी आयौ गाउँमा, समथरलाई देखाउनु लैजाउ भिर खिचेर

By मनासलु

November 13, 2021

हिँड्छु अब क्यामराकै तस्विर खिचेर उपलब्धि भएन कहिल्यै शिर खिचेर

कसरी हुन्थ्यो यो संगठनको प्रगति , लफङ्गाहरुको हुल आफूतिर खिचेर

शहरका मान्छे कसरी आयौ गाउँमा, समथरलाई देखाउनु लैजाउ भिर खिचेर

हेर्नुस् भगवानको बसोबास छ यो ठाउँमा, यस्तै भन्छ्न मान्छे ढुङ्गाको मन्दिर खिचेर

संजालको भरमा को खुसी छ्न नछुट्याउ, खुसी मात्रै राख्छन को राख्छ पिर खिचेर

फोटोग्राफर हुँ भनेर के घमण्ड देखाउछौ, चालमा रहेको खरायोलाई स्थिर खिचेर ✍️नरेन्द्र बिष्ट समाकुल