साहित्य

व्यङग्य कविता :भीउ टाओर कि निहुँ टाओर ?

By मनासलु

November 13, 2021

आफ्ना हातमा भएसि पाओर डाँडाका फेदीमा भीउ टाओर!

टाओर हेर्न डाँडामा जाऊ भा को बजेट यसै गरि खाउँ !

गाँउ-गाँउमा सिंह दरवार भिर मुनि टाओरै टाओर!

टेलीफोनको टाओर छैन त्यता तिर देख्ने हैन!

यस्तै टाओर बने अरु टिपथ्यो नि त नेटवर्क बरु

अनलाइन कक्षा , रुखमा बास! प्रविधीको उपहास

विद्यार्थी पढ्छन रुखमा बसि मर्ने हुन कि त्यहाँबाट खसि !

छैन हेल्थ पोस्ट छैन पानी कमिशन खान परेसि बानी

पानि बोकेर टाओर बनाए भा को बजेट त्यँही खनाए !

शिक्षा स्वास्थय छैन पानी यस्तो गर्छन जानि -जानि !

के चाँहि हेर्न को पो आउला कती नै तिर्ला के नै पाउला ?

देख्ला के नै बिथिती भन्दा सानो बजेट औंलामा गन्दा

कमिशन पाएसि मुख बन्द जनप्रतिनिधी बिबेक अन्ध !

कमिशन खाने निहुँमा टाओर भिऊ टाओर कि निहुँ टाओर?

– अर्जुन राज पन्त बागलुङ मुलपानी , (व्यङग्य कवि पहिलाे व्यङयकाव्यकार समेत हुन उनको ‘कोइली ‘ व्यङ्ग्यकाव्य प्रकाशित छ )