Breaking News

नेपाल रेडक्रसमा वितण्डा,आइसीआरसि, फेडेरेसन र सरकारसँग मागे गुहार

By मनासलु

November 14, 2021

काठमाण्डाै । नेपाल रेडक्रस साेसाइटीकाे तदर्थ समितिले आफू खुशि मनपरि गर्न थालेपछि वितण्डा सुरु भएकाे छ । विहिबार १६ जिल्लाका निर्वाचित समितिलाइ भङ्ग गरेर नयाँ समिति बनाएसँगै रेडक्रसमा विवाद सुरु भएकाे हाे । केन्द्रका कर्मचारी दिपक घिमिरेकाे आडभराेसा र निर्देशनमा तदर्थ समितिका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिमिल्सिनाले रेडक्रसकाे विधि र विधान विपरित काम गरेका हुन् । एक वर्षका समय रहँदा सम्म सात प्रदेश घुमेर भाेज लगाउँदै हिँडेका तिमिल्सिना कार्यकाल सकिएपछि भने आफै निर्णय गरेर आफ्नाे लागि  म्याद थप्ने र म्याद नसकिएका शाखाहरुमा आफ्ना मान्छे नियुक्ति गर्न विघटन गर्ने कार्यमा उद्धत रहँदै आएका छन् ।

रेडक्रसका अध्यक्ष सँरक्षककाे अवस्थामा रहने भएपनि उनी आफै लेटरहेडमा सहि गर्ने माइन्युट लेख्ने, लुकाउने, कार्य समितिका सहि नक्कली गर्ने गराउने कार्यमा सक्रिय भएका हुन् ।

गैर सरकारी सँस्था महासँघका अध्यक्ष भइसकेका तिमिल्सिनाले रेडक्रस सँस्थाकाे महत्व नबुझ्दा सँस्था नै विघटनकाे अवस्थामा पुगेकाे पूर्व सभापतिहरु बताउँछन् ।

कात्तिक २८ र २९ गते कार्कि बैँकेट हलमा विधान अधिवेशनका तयारी भइरहँदा उपस्थितिमा कृते सहि गराइरहेकाे अवस्थामा उपस्थिति माइन्युट च्यातिदिएका छन् । २८ गते मात्र कार्यक्रममा आएका  प्रतिनिधि भनिएका मानिसहरुलाइ तिन दिनकाे हाजिरी गराएकाे अवस्थामा काम भइरहेकाले अवैधानिक र अनैतिक कामकाे भण्डाफाेर गर्नुपरेकाे कार्यक्रममा सहभागिहरुले बताएका छन् । तिमिल्सिनाले प्रहरी परिचालन गरी आधा दर्जन भन्दा धेरैलाइ प्रहरीकाे भ्यानमा समेत काेचेका थिए ।

यसै वीच भेलामा आएका १५० जना भन्दा धेरै प्रतिनिधिहरुकाे भेलाले निम्न लिखित निर्णय गरेकाे तदर्थ समितिका केन्द्रिय सदस्य माेहन पाेखरेलले पत्रकार सम्मेलनमा बताए  ।

१. केन्द्रिय तदर्थ समितिले नेरेसोको विधान, भावना एवं मुल्य र मान्यता विपरित दुईवटा निर्बाचित प्रदेश कार्यसमिति र २२ वटा निर्बाचित जिल्ला कार्यसमितिहरु संस्थाको बिधान विपरित विघटन गरी तदर्थ समिति गठन गरेको कार्य प्रति यो भेलाको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ यो भेला तदर्थ समितिको उक्त निणर्य खारेज गर्दछ । साथै विधान विपरित विघटन भएका प्रदेश समिति एवं जिल्ला शाखाहरुले साविक वमोजिम काम काज गर्न यो भेला निर्देश गर्दछ ।

२. नेपाल सरकार समाजकल्याण परिषदले दैनिक कामकाज मात्रै गर्न निर्देशन दिएको अवस्थामा उक्त निर्देशन पालना गर्नु नेरेसोको अनिवार्य दायित्व र कर्तब्य हो । तथापी उक्त बाध्यात्मक जिम्मेवारी पुरा नगरी विबादित बिधान संसोधनको बिषयलाई एक मात्र एजेण्डा राखेर विशेष महाधिवेशन लगायतका गतिविधि संचालन गर्नु अनैतिक र अवैध हो भन्ने हाम्रो ठहर हो । तसर्थ नेपाल सकारको निर्देशन विपरित मनपरि निणर्य नगर्न, भेला सम्मेलन नगर्न केन्द्रिय तदर्थ समिति लाई सचेत गराउदछौं ।

३. उच्च अदालतको विरगञ्ज इजलासले पर्सा र रौतहट जिल्ला शाखाको काम कारवाही यथावत राख्न दिएको अन्तरिम आदेश प्रति यो भेला उच्च सम्मान गर्दै आदेश वमोजिम उच्च मनोवल लिएर कार्य यथावत संचालन गर्न सवै जिल्ला शाखालाई निर्देश गर्दछ । साथै मिति २०७८ कार्तिक २३ गते केन्द्रिय समितिले गरेको निणर्य उपर महामन्त्री ज्यूले जिल्लामा प्रेसित गरेको पत्राचारलाई यो भेलाले पुणर् रुपमा समर्थन गर्दै मान्यता दिन्छ । साथै उक्त पत्रमा उल्लेख भए बमोजिम सम्पुणर् प्रदेश एवं जिल्ला शाखाहरुले नियमित कृयाकलाप संचालन गर्न आब्हान गर्दछ ।

४. संस्था नविकरण गर्न नसक्ने र विशेष साधारण सभा समेत समयमा सम्पन्न गर्न नसक्ने र निर्बाचन समेत गर्न नसक्ने वर्तमान केन्द्रिय तदर्थ समितिको कानुनी एवं नैतिक औचित्यता र बैधानिक हैसियत समाप्त भएको र वर्तमान तदर्थ समिति प्रति हाम्रो विश्वास नरहेकोले तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुले तत्काल राजिनामा गरी मार्ग प्रशस्त गर्न यो भेला निर्देश गर्दछ ।

५. नेपाल रेडक्रस सोसाइटीमा रहेको विद्यमान समस्या र गतिरोध अन्त्य गर्न नेपाल सरकारलाई नेपाल कानून बमोजिमको उपयुक्त कदम चाल्न र बिगतदेखि प्रत्यक्षामा रहेको रेडक्रस ऐनलाई कानुन बमोजिम जारी गरी दिनुहुन यो भेला नेपाल सरकारलाई अनुरोध गर्ने निणर्य गर्दछ ।

६. कोभिड, वाढी पहिरो तथा वेमौसमी वर्षाका कारण भएको मानवीय क्षति न्यूनिकरणमा नेरेसो प्रदेश तथा जिल्ला शाखाका स्वयंसेवकहरुले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै निकट भविष्यमा आउन सक्ने शितलहर, हिमपात, चिसो लगायतका प्रकोपमा समेत अझ वढि सकृय भएर क्रियाशिल हुन सवै प्रदेश तथा जिल्ला शाखाहरुलाई अनुरोध गर्ने निणर्य गरियो ।

७. नेरेसो केन्द्रिय तदर्थ समितिले २०७८ आश्विन २३ गते आयोजना गरेको भनिएको वार्षिक साधारण सभामा जिल्ला शाखाहरुवाट प्रतिनिधित्व गर्न निणर्य गरी पठाईएका प्रतिनिधिहरुको अनुपस्थितिमा अधिकांश नक्कली प्रतिनिधि खडा गरी किर्ते गरी नक्कली गणपुरक संख्या पुर्याई भए गरेका गतिविधि र निणर्य प्रति यो भेला गम्भिर असहमति प्रकट गर्दछ । सो सभामा उपस्थित नभए बापत वा उपस्थित भएर पनि स्पस्टिकरण सोध्नु र ती निकायहरुलाई कारवाहिको नाममा बिघटन गर्नु लोकतान्त्रिक मुल्य र मान्यता तथा संस्थाको बिधान, मर्म र भावना विपरित भएको हुनाले उक्त तथाकथित बार्षिक साधारण सभामा भएका सम्पुणर् निणर्यहरु खारेज भएको यो भेलाले निणर्य गर्दछ ।

अध्यक्ष तिमिल्सिनाकाे नेतृत्वमा बसेकाे बैठकले रेडक्रस सञ्चालनका सम्पूर्ण जिम्मा आइसीआरसी, फेडेरेसन र नेपाल सरकारलाइ दिने निर्णय गरेकाे छ । यस अघि कात्तिक २५ गते भएका निर्णयहरु खारेज गरेकाे छ । जिल्लामा पुरानै कार्य समितिलाइ मान्यता दिने निर्णय भएकाे छ ।