Breaking News

नेपाल रेडक्रस गाेरखाकाे तदर्थ समिति खारेज, निर्वाचित समितिलाइ वैधानिकता

By मनासलु

November 14, 2021

 गाेरखा । नेपाल रेडक्रस साेसाइटीकाे केन्द्रले विधान विपरित गरेकाे रेडक्रसकाे तदर्थ समिति खारेज भएकाे छ । तदर्थ समिति बनाउने बारेमा विधान अधिवेशन पछि मात्र छलफल गर्ने भनिएकाे भएपनि अध्यक्ष नेत्र प्रसाद तिमिल्सिनाले एकल निर्णय लिदै तदर्थ समिति घाेषणा गरेका थिए ।

जिल्लामा रहेका २५ वटा उपशाखाहरुबाट छनाैट भएर आएका प्रतिनिधिहरुले मतदान गरी छनाैट गरेका निर्वाचित प्रतिनिधिहरुलाइ हटाएर कात्तिक २५ गते नयाँ समितिकाे लिष्ट सार्वजनिक गरेका थिए । केन्द्रका महामन्त्री पिताम्बर अर्यालले तदर्थ समिति बनाउने कुनै पनि निर्णय नभएकाे र पुरानै कार्य समितिले नियमित काम गर्न भनि पत्राचार गरेका छन् ।

गाेरखा जिल्लामा भगवान बाबु मास्के सभापति सहित १५ जनाकाे कार्य समिति रहेकाे छ । तदर्थ समिति बनेकाे बारे आफूले सुनेकाे तर आधिकारिता नभएकाे जिल्लाका मन्त्री राजेन्द्र न्याैपानेले बताए ।

केन्द्रिय समितिकाे कार्यकाल रहँदा सम्म जिल्ला शाखाकाे कार्यकाल रहन्छ । केही कर्मचारिहरुले आफूखुशी गर्न विभिन्न हर्कत गरेका हुन सक्छन् । यस अघि पटक पटक निर्वाचनका लागि माग गरेपनि केन्द्रले अनुमति नदिएकाे उनले बताए ।