नेपाल कम्युनिष्ट पार्टिकाे बन्दका कारण गाेरखा सदरमुकाम सुनसान

मङ्लबार, कार्तिक ३०, २०७८

कार्तिक ३०,गाेरखा । नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारीले नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज  विहानैदेखि (मंगलबार) बिहानैदेखि  जिल्ला सदरमुकाम सुनसान रहेकाे छ । लामाे तथा छाेटाे दुरीका सवारी साधनका टिकट काउन्टरहरु बन्द छन्। सडकमा एम्बुलेन्स र दुध बाेक्ने गाडीहरु मात्र देखिएका छन् ।

गाेरखा बजारकाे हरमटारी क्षेत्र

पेट्रोलियम पदार्थमा भएकाे मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।

नेकपाले विज्ञप्ती प्रकाशित गरेर यातायात, विद्यालय, होटल, रेष्टुरेन्ट, किराना पसल सबै बन्दको आह्वान गरेकाे थियाे । ४७ रुपैयाँमा किनेकाे इन्धन १३३ रुपैयाँमा विक्रि गरेकाे भन्दै नेकपाले चरणबद्ध आन्दाेलन गर्दै आएकाे छ । सवारी साधनहरु नचलेपछि बसपार्कमा थन्किएका छन् ।

जिल्लाबाट पाेखरा, चितवन, विरगँज, काठमाण्डाैका लागि र ग्रामिण सडकका लागि सवारीहरु छुट्ने गर्दछन् ।